नेपालका असहाय बालबालिकाको लागि च्यारिटी डिनर साँझ

लन्डन, बेलायतमा बसेर आफ्नो फुर्सदको समयलाई समाज सेवामा लागउने थुप्रै नेपालीहरू मध्ये रीता पर्ल परियार पनि एक हुन् । नेपालस्थित एक संस्था “जिम्मेवार युवा नेपाल”द्वारा संरक्षणमा रहेका अनाथ बालबालिकाहरुको सहयोगार्थ रिताले आउँदो मे १४ तारिखका दिन एक च्यारिटी डिनरको आयोजना गरेकी छन् । लन्डनको साउथ ह्यार्रोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा हुन लागेको उक्त च्यारिटी कार्यक्रम साँझ ६ बजेबाट शुरु हुनेछ । अरुको दुखलाई आफ्नै दुख ठान्ने रीताले यसघि पनि विभिन्न किसिमका सहयोग गर्दै आएकीछन । कसैको सानो सहयोगले ती अनाथ बालबालिकाको जीवनस्तर सुधृन जाने भएकाले सबैलाई उपस्थित भएर कार्यक्रमलाई सफल पारिदिन र अनाथ बालबालिकाहरुको मुहार हँसिलो पार्नको लागि सबैलाई अनुरोध समेत गरेकीछन । २० पाउण्ड प्रवेश शुल्क राखिएको उक्त कार्यक्रममा डिनर लगायत सांगीतिक कार्यक्रमको पनि आयोजना गरिने रीताले बताएकी छन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित