Listen gurkha radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, यदि कसैसँग मानवीयता र सेवाको भावना छ भने उसले अरुको दुखलाई आफ्नै दुख सरह ठान्ने गर्दछ । त्यस्तै बेलायतमा बसोवास गर्दै आएकी एक समाजसेवी इशा गुरुंगले फेसबुकमा राखिएको स्टाटसको भरमा पनि रकम संकलन गरी सहयोग पुर्याउदै आएकी छन् । भर्खरै मात्र इशाले भारतको गान्धी अस्पतालमा क्यान्सरको रोगसँग लडिरहेकी प्रिया गुरुंगका लागि फेसबुक मार्फत सहयोग संकलन गरी ३ लाख ४५ हजार रुपैयाँ संकलन गरेकी छिन । बेलायत लगायत अन्य मुलुकबाट समेत संकलन गरिएको उक्त रकम प्रिया गुरुङकी आमा कन्या कुमारी गुरुंगलाई इशाकी दिदी समाजसेवी धनमाया गुरुङ र कञ्चनजनघा बोर्डिंग स्कुल फुलबारीकी सम्रक्ष्यक लक्ष्मी गुरुंगको उपस्थितिमा हस्तान्तरण गरिएको छ । यसघि पनि उनले नेपाल र नेपालीहरुका लागि थिप्रै सहयोग जुटाउदै आएकीछन । पूर्व संसद शान्ता चौधरीको लागि पनि उनले २ लाख ६२ हजार सहायो गरेकी थिइन् । समाज सेवाप्रति रुची राख्दै आएकी इशाले आफ्नो व्यक्तिगत पहलमा हालसम्म ३१ लाखभन्दा बढी रकम संकलन गरी विभिन्न समाज तथा व्यक्तिलाई सहयोग पुर्याइसकेकी छन् । उनले लक्ष्मी प्रतिष्ठान, हेल्प नेपाल,दिक्ष्या चापागाईंद्वारा संचालित पवित्र समाज सेवा नेपाल लगायत अनाथ बालबालिकाको लागि आवास गृहको समेत व्यवस्था गरेकीछन । मानव सेवा नै ठूलो धर्म हो भन्ने इशाले समाजसेवाको लागि फेसबुकलाई नै भर पर्दो माध्यम बनाउँदै आएकी छन् ।
सेवा र सहयोग गर्नको लागि संस्था खोलेर र पदमा बसेर मात्र सम्भव हुने होइन इच्छा र भावना भएमा जसरी पनि सहयोग गर्न सकिन्छ, यसरी सहयोग गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिल्ने समाजसेवी इशा गुरुङको धारणा छ । यदि आफूसँग मिहिनेत, विश्वास र धैर्यताका साथ सुन्दर भावनाले अघि बढ्ने चाहना छ भने जो कोहीले पनि सफलता हाँसिल गर्न सक्ने उनले बताइन ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।