नायक ध्रुब दत्तको पहलमा संकलित रकम कलाकार क्षेत्रीलाई हस्तान्तरण

लन्डन,बेलायत निवासी नायक ध्रुव दत्तको पहलमा बरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि बेलायतबासी नेपालीहरूले दुई लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् । उक्त संकलित रकम बिहीबार क्षेत्रीकै निबासस्थान काठमाण्डौको डिल्लीबजारमा सन्चारकर्मी राजन घिमिरे र बेलायत मै बस्दै आएका नाट्यकर्मी सनमकुमार बैरागद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रममा प्रबासी नेपालीहरूको माया र साथ आफूले सधै पाएको कुरा बताउंदै कलाकार क्षेत्रीले बेलायतमा रकम संकलन गर्दिनु हुने अभिनेता धु्र्ब दत्तलाई धन्यवाद दिनु भयो । अभिनेता दत्तले बरिष्ठ कलाकारलाई सहयोग गर्न पाउनुलाई बेलायतबासीहरूले धन्य ठानेको कुरा बताएका छन् । केही समय अगाडि बिरामी क्षेत्रीको दर्दनाक अन्तर्वार्ताको भीडियो संचार माध्यममा सार्वजनिक भएपछि उनको सहयोगका लागि संसारभरिका नेपालीहरुले सहयोग रकम संकलन गर्न थालेका हुन् । कलाकार क्षेत्री बिगत चार वर्षदेखि घाँटीमा मासु पलाएका कारण बिरामी परेका थिए ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित