Listen gurkha radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो, फस्ट एजुकेट नेपाल यूकेले आफ्नो दोस्रो प्रस्तुतिको रुपमा नेपाली नाटक “जीगिषा” जित्ने इच्छालाई इन्टरनेशनल नेप्लिज फिल्म एकेडेमी (इन्फा) को आयोजनामा आउँदो जुन महिनाको ३ तारिखका दिन लन्डनस्थित साउथ ह्यार्रोमा र जुन ४ तारिखका दिन अल्डरसटमा पुन प्रस्तुत हुने भएको छ । उक्त नाटक यसघि पनि बेलायतका विभिन्न स्थान लगायत नेपाली दूतावासमा समेत प्रदर्शन भैसकेको छ । गत वर्ष पनि सन् २०१५ को विनासकारी भूकम्पलाई आधार मानेर भूकम्प पीडित नेपाली जनताहरूको व्यथालाई तयार पारिएको नाटक ” समय दृश्य”ले सबैको मन छुन सफल भएको थियो । यसपटकको नाटक “जीगिषा”मा नेपालमा हुने गरेका र भइरहेका महिलाहिँसा तथा पुरुषसंगको भेदभाव र १० वर्षे जनायुद्धताका घटेका घटनालाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको छ । “जीगिषा” मा नाटककार सनम कुमार बैरागको लेखन तथा निर्देशन रहेको छ । नेपालदेखि नै सानै उमेरबाट नाटकमा अभिरुची राख्दै आएका निर्देशक बैराग एक सशक्त लेखक तथा कलाकार समेत हुन् । तेन्जी लामा पाख्रिन, दिल घले र भिजन संसार डट कमद्वारा निर्माण गरिएको सो नाटकमा साउण्ड प्रमोद र संगीत, लाइट्समा प्रभाव श्रेष्ठ, कम्प्युटरमा अभिमन्यू बैराग, स्टेजमा अमृत गुरुंग, सृंगारमा नानीज ब्यूटी शैलुन तथा फोटोग्राफीमा युद्ध पुनको भूमिका छ । त्यस्तै गरी चलचित्र क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल नायक ध्रुब दत्त तथा नृत्य निर्देशक सुरेश श्रेष्ठ, मोडलको क्षेत्रमा समर्पित अनि नाटक समय दृश्यमा सफल अभिनय गरिसकेकी प्रसुना कंडेल, सन् २०१४ कि मिस टप फाइभ तथा मिस ट्यालेन्ट जित्न सफल शुस्मिता थापा, मोडल विकेश बस्नेत र मनिष श्रेष्ठ जस्ता कलाकारले नाटकमा जीवन्त अभिनय गरेका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।