LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस ।
लन्डन, आज मे ७ तारिखका दिन साँझ साँझ ६ बजेदेखि राती ९ बजेसम्म लण्डनको केन्द्रमा रहेको ट्राफलगर स्क्वायर ( WC2N 5DN, London ) मा दीप प्रज्वलन गरी बुद्ध जयन्ती मनाइने भएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको प्रबर्द्धन एवं बौद्ध दर्शन र शान्तिको सन्देश विश्व समक्ष पुऱ्याउन र नेपालको पर्यटन प्रबर्धन गर्ने उद्देश्यले बुद्ध फाउण्डेसन यूके, नेपाली दूतावास लन्डन, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूकेको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गर्नको लागि एनआरएन युके लगायत बेलायतमा रहेका दर्जनौं संघसंस्थाहरुको सहयोग रहने भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारको माननीय कृषि राज्यमन्त्री राधिका तामाङ रहनु हुने कुरा बुध्द फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराउनु भएको छ । त्यस्तै गरी विशेष आथितिको रुपमा बेलायती संसदको नेपाल हेर्ने समितिका अध्यक्ष विरेन्द्र शर्मा, कार्यक्रममा बेलायती अरु सांसदहरु, बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी, बेलायतका लागि ४ वटा देशका राजदूतहरु, कपीलवस्तु समाजका अध्यक्ष महेन्द्र कुंवर पनि सहभागि हुने भएकाछन् ।
गौतम बुद्धको जन्मस्थल र उनको शान्ति सन्देशलाई विश्वभरी पुर्याउने उद्देश्यले लन्डनको केन्द्रलाई कार्यक्रमस्थलको चयन गरिएको फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिएका छन् । उक्त दिनको लागि दीप प्रज्वलन, पूजा, प्रवचन, पोस्टर डिस्प्ले लगायतका कार्यक्रमको तय गरिएको छ । नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारीले कार्यक्रममा आउने विदेशी आगन्तुकहरुलाई लुम्बिनी, बुद्ध तथा सर्वोच्च शिखर सगरमाथाका पोस्टरहरू वितरण गरिने जनाए । स्वयंसेवक संयोजक जीवन सेनले कार्यक्रम व्यवस्थित र सभ्य बनाउन विभिन्न संघसंस्थाका तर्फबाट व्यापक स्वयंसेवकहरू माग गरी परिचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । कार्यक्रमलाई सफल पार्नको लागि बेलायतस्थित विभिन्न संघसंस्था बुद्धीजीवी लगायत व्यक्तिहरुलाई उपस्थितिको लागि आयोजकद्वारा अनुरोध गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर गतवर्ष पनि बेलायती संसद भवन अगाडि बुद्ध जयन्ती मनाइएको थियो । कार्यक्रमस्थल सम्बन्धि जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।