Listen gurkha radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, तनहुँ जिल्लाको कमला बारीमा जन्मिएका डा. बच्चु कैलाश कैनी नेपाली इतिहाँसमै पहिलोपटक बेलायती संसदमा चुनाव लड्दै छन् । आगामी जुन ८ मा बेलायतमा हुन् गैरहेको संसदीय निर्वाचनमा बेलायतस्थित डाटफोर्ड काउन्सिलबाट डा. कैनी उमेद्वार चयन भएका हुन् । यस अघि पनि उनी सन् २०१५मा सोही काउन्सिलमा लेबर पार्टीबाट ४ वर्षका लागि काउन्सिलर पदमा निर्वाचित भएका थिए । यसपटक पनि प्रारम्भिक् चरणमा तीन जनाको उमेद्वारी परेको भएतापनि पहिलो चरणमा डेइजी पेजले स्वेच्छापूर्वक आफ्नो उमेद्वारी फिर्ता लिएपछि पार्टीले डा. कैनीलाई उमेद्वार बनाउने निर्णय गरेको हो । आउँदो मे ११का दिन कैनीले औपचारिक रुपमा उमेद्वारी दर्ता गर्ने तयारीमा छन् । विगत ५ वर्षदेखि लेबर पार्टीसँग सम्बन्धित रही सक्रिय रुपमा लागेका कैनीले केही समय पार्टीको स्थानीय ट्रेड युनियन संयोजकको रुपमा काम गरेका थिए । डा. कैनीले सन् २०१४मा म्यानचेष्टरमा सम्पन्न लेबर पार्टीको राष्ट्रिय महाधिवेसनमा डाटफोर्ड जिल्ला कमिटीबाट प्रतिनिधीका रुपमा महाधिवेसनमा भाग लिएका थिए । डा. कैनी हाल क्वीन एलिजाबेथ अस्पताल, लन्डनमा बरिष्ठ व्यवस्थापकको रुपमा कार्यरत छन । सामाजिक एवम् राजनैतिक क्षेत्रमा मात्र नभएर साहित्यिक क्षेत्रमा समेत कलम चलाउँदै आएका डा. कैनीले समसामयिक विषयमा खोजमूलक र रोचक शैलीका लेख, रचना लगायत कथा कविता समेत लेख्दै आएका छन् । उनका पिता स्व.मेघनाथ कैनी पनि नेपाली राजनीतिमा कहलिएका व्यक्ति हुन् जो नेपाली कांग्रेससँग आवद्ध थिए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





