डेनमार्कमा राजमानको “उत्सव” सार्वजनिक

गोर्खा रेडियो, डेनमार्कमा बस्दै आएका राजमान तामांगले आफ्नो पहिलो सांगीतिक सौगातको रुपमा गीति एल्बम “उत्सव” बजारमा ल्याएका छन् । ६ ओटा गीतहरू समावेश गरिएको उक्त एल्बमको “पूर्वमा धरान राम्रो” र “हल्का हल्का नजर ” बोलका दुई गीतहरुको म्यूजिक भीडियो पनि सार्वजनिक भैसकेको छ । युवराज वाइवाद्वारा निर्देशन गरिएको पूर्वमा धरान राम्रो गीतमा एलिसा राई र निराजन प्रधानले अभिनय गरेका छन् । त्यस्तै गरी हल्का हल्का नजर बोलको गीतमा सुरजसिंह ठकुरीले निर्देशन गरेका छन् भने रीमा विश्वकर्मा र निराजन प्रधानले अभिनय गरेका छन् । यस गीतमा गायक राजमानलाई गायिका मेलिना राईले साथ् दिएकी छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ( इनास ) को ग्लोवज सदस्य समेत रहेका राजमान तामांगले इनासको पाँचौं युरोपस्तरीय भेला तथा पाँचौं युरोपस्तरीय एकल नृत्य र दोस्रो गायन प्रतियोगीतामा उक्त एल्बमको सार्वजनिक गरिएको थियो । गायक राज्मान्लाई मेलिना राई र योजना पुरीले साथ् दिएका छन् । गीतमा सागर उपाध्याय, मिन गुरुङ, बाबुल गिरी र कृष्ण पौडेलको शब्द रहेको एल्बममा मिन गुरुङ, दीपक शर्मा, कल्याण सिंह र बाबुल गिरीले संगीत भरेका छन् ।
भीडीयो हेर्न तल प्ले गर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित