गोर्खा रेडियो, बेलायतमा बसेर नेपाली कला क्षेत्रमा योगदान पुर्याउँदै आएका नायक ध्रुव दात्ताद्वारा अभिनित पहिलो चलचित्र “द प्लान”लाई हाइलाइट्स नेपालले युट्युब सार्वजनिक गरेको छ । प्रविन बराईलीले निर्देशन छायांकन र सम्पादन गरेको यस चलचित्रलाई कृष्ण बहादुर लाम्गादेले निर्माण गरेका हुन् । त्यस्तै गरी लेखक्द्वयमा प्रविन र दिप मग्रातिरहेका छन् चलचित्रमा सह निर्माताको युद्ध पुन, शिव लिम्बु, दिपेश लाम्गादे, सन्तोष लाम्गादे र रत्न लाम्गादे रहेका छन् । चलचित्रमा प्रक्रित बरईलीको संगीत रहेको छ भने सन्दीपले संगीत दिएका छन् । यसै चलचित्रबाट फिल्मी क्षेत्रमा प्रवेश गरेका नायक ध्रुव दत्तलेपछिल्लो समयमा एक ऐतिहाँसिक चलचित्र तीन घुम्तीमा सफल अभिनय गरेका थिए भने नाटककार सनम कुमार बैरागद्वारा निर्देशित नाटकहरू समय दृश्य र जिगिषामा पनि महत्वपूर्ण भूमिका निभाएका छन् । सम्पूर्ण छायांकन हंगकंगमा नै गरिएको चलचित्र द प्लानमा नायक धुर्व दत्तसँगै जुनु पुन, सब्रिना श्रेष्ठ, युद्ध पुन, शिवा लिम्बुले अभिनय गरेका छन् । नायक ध्रुव दत्त बेलायतमा बसेर सक्रिय रहँदै आएका छन् भने बेलायतमा रहेकी सब्रिना श्रेष्ठले पनि केही म्यूजिक भीडीयो, मिस यूके तथा केही स्टेज कार्यक्रममा संलग्न रहेता पनि पछिल्लो समयमा सार्वजनिक रुपमा मौन नै रहेकी छन् ।
चलचित्र “द प्लान” हेर्नको लागि तलको भीडियो प्ले गर्नुहोला
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।