लन्डन, नेपाल र नेपालीहरूको लागि महत्वपूर्ण भूमिका निभाउँदै आएका प्रवासी नेपालीहरूलाई नेपाल सरकारको तर्फबाट मतदान गर्ने अधिकारबाट बन्चित गरिएको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ । प्रवासमा दुख र परिश्रम गरेर कमाएको रकमले घर परिवार लगायत देशमा पर्ने अनेकौं विपत्तिमा एक जुट भएर सहयोग पुर्याउँदै आएका लाखौँ नेपालीहरुलाई भोट हाल्ने अधिकारबाट बन्चित गरेकोमा प्रवासमा बस्ने नेपालीहरुको नोट चाहिं चल्ने भोट किन नचल्ने भन्दै एनआरएनए उपाध्यक्ष्य भवन भट्टले सरकारप्रति दुखेसो पोखेका छन् । देशको लागि परिश्रम बगाइरहेका प्रवासी नेपालीहरुप्रति सरकार वाहेकका अन्य निकायहरुले पनि पहल नगरेकोमा प्रवासमा बस्ने नेपालीहरुप्रति ठूलो चोट पुगेको पनि भट्टले बताए । निकै ठूलो संघर्ष र लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा गैर आवासीय नेपालीहरूको बारेमा सरकारद्वारा सम्बोधन गरिनुपर्ने समेत माग उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । राजदूतावास लगायत अन्य कुनै पनि माध्यमबाट मतदान गर्न पाउने अधिकारको नेपाल सरकारले व्यवस्था गर्नुपर्ने सम्बन्धमा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विदेशमा बस्ने लाखौँ नेपालीहरूलाई आफ्नो मताधिकारको प्रयोग गर्ने चाहना रहेको पनि भट्टले उल्लेख गरेका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
प्रवासी नेपालीहरुलाई मताधिकारबाट बन्चित नगर्न -एनआरएनएद्वारा विज्ञप्ति
प्रवासी नेपालीहरुलाई मताधिकारबाट बन्चित नगर्न -एनआरएनएद्वारा विज्ञप्ति

तपाईको प्रतिक्रिया