• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना नेपाल भ्रमण वर्ष NRN nrna नेपाली मेला बेलायत कोरोना पत्रकार महासंघ यूके नेपाल कोरोना

भूपू सैनिकका सन्ततिहरुको आवासीय भिसा सम्बन्धी “होवे एण्ड को” द्वारा जारी प्रेस विज्ञप्ती – भीडीयो सहित


  •     / १९ बैशाख २०७४, मंगलवार २१:४६ प्रकाशीत

  • Advertisement

    लन्डन, भूतपूर्व गोर्खा सैनिकका सन्ततिहरूलाई बेलायतमा आवासीय भिसा दिइनुपर्ने सम्बन्धमा केही दिन अघिमात्र गोर्खालीहरुको पक्ष्यमा फैसला भएको थियो । २८ अप्रिलका दिन रोयल कोर्ट अफ जस्टिसमा जस्टिसहरू हेण्डरसन, लिनबाम र प्रिस्टनको संयुक्त इजलासले गोर्खालीहरुको पक्ष्यमा फैसला सुनाएको थियो । उक्त मुद्दा भूतपूर्व गोर्खा सैनिक बिर्ख राईका छोरा जितेन्द्र राईले दायर गरेका थिए भने विगत लामो समयदेखि गोर्खाहरुको लागि मुद्दा लड्दै आएको “होवे एण्ड को “ ल फर्मले यस मुद्दालाई हेर्दै आएको थियो । सोही फैसलालाई मध्यनजर गर्दै मे २ तारिखका दिन होवे एण्ड को का कानूनविद्हरुद्वारा आफ्नै कार्यालय भवनमा एक प्रेस विज्ञप्ति जारी गरिएको छ । दुई दर्जनभन्दा बढी भूपू गोर्खाली तथा तिनका परिवारहरुको उपस्थितिरहेको सो विज्ञप्तिमा होवे एण्ड को ल फर्मका प्रमुख मार्टिन होवेले अदालतको फैसला र तेसबाट पाउन सकिने सुविधा र प्रकृयाहरुको बारेमा उल्लेख गरेका थिए । शुरुमा १८ वर्षभन्दा मुनिकालाई मात्र आवासीय भीसा दिइदै आएको र पछि आएर ३० वर्ष मुनिकालाई पनि निश्चित प्रकृया पूरा गरिसकेपछि आवासीय भिसा प्रदान गरिंदै आएको थियो । तर अदालतद्वारा हालै गरिएको फैसलाले भने उमेरको हदबन्दी नतोकेको र तीस वर्षभन्दा माथिकाहरुको लागि पनि बाटो खुलिसकेको मार्टिन होवेले बताए । विवाहित सन्ततिको हकमा के हुन्छ त भन्ने विषयमा कुनै कुरा उल्लेख नगरेता पनि यदि उनीहरू आफूप्रति आश्रित भएमा र त्यसको प्रमाण पेश गर्न सकेमा उनीहरुलाई पनि आवासीय भिसाबाट बन्चित गर्न नमिल्ने मार्टिनले बताए । गोर्खालीहरूको आवासीय भिसा बापत लाग्ने शुल्क पनि अति महँगो भएको हुँदा त्यस तर्फ पनि आफू र आफ्नो फर्मले काम गरिरहेको उनले बताए । गोर्खालीहरुसँग लामो समयदेखि सम्बन्ध रहेकाले उनीहरुको समस्याको बारेमा पूर्ण रुपमा परिचित भैसकेकोले सकदो सहयोग गर्न आफूहरू पछि नपर्ने पनि उनले बताए । थप सहयोग र सुविधाको लागि उनीहरुको एक टिम चाडै नै नेपालको धरान, पोखरा लगायतका स्थानहरुमा गएर आवश्यक सहयोग गर्ने तयारी पनि भैरहेको मार्टिनले बताए । फोटो हेर्न यहाँ क्लिक गर्नुहोला
    प्रेस विज्ञप्तिको पूर्ण अंश यस प्रकार छ ।

    भीडीयो हेर्नुहोस

    Like this:

    Like Loading…

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. विश्वभरका नेपाली पत्रकारहरुलाई एउटै मञ्चमा जोड्ने अन्तिम तयारीमा जापान शाखा

    • २. क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन

    • ३. सात समुद्रपारि नेपाली मौलिकता जोगाउँदै ‘गणेशा ह्यान्डीक्राफ्ट्स’

    • ४. मैत्रीपूर्ण फुटबलमा कार्डिफ र कुम्ब्रान १–१ बराबरी, वेल्सका युवा खेलकुदमार्फत एकताबद्ध

    • ५. पत्रकार महासंघ यूकेमा थपिए सल्लाहकार, १५ औं स्थापना दिवस भव्य रूपमा मनाइने

    धेरै पढिएको
    • १. क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन

    • २. विश्वभरका नेपाली पत्रकारहरुलाई एउटै मञ्चमा जोड्ने अन्तिम तयारीमा जापान शाखा

    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back

    Loading Comments...

      %d