गोर्खा अनलाइन रेडियो यूके,

आज मे महिनाको पहिलो दिन अर्थात मजदुर दिवस, विश्वभरीका मजदुरहरुले आफ्नो हक अधिकार सुनिश्चित गर्नका लागि सरकार तथा रोजगारदाता कम्पनीहरुलाई दवाब तथा चेतना दिने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरी एक विशेष पर्वको रुपमा श्रमिक दिवस मनाउने गर्दछन । सर्वप्रथम सन् १८८६मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनोना शुरु गरिएको हो । उक्त आन्दोलनमा आन्दोलनरत मजदुरहरुमाथि प्रहरीले ब्यापक दमन गरी प्रहरीको गोलीबाट सात जना मजदुरहरुको ज्यान गएको थियो ।
यसै काण्डकै कारण मजदुर आन्दोलनले सफलता प्राप्त गर्यो । सन् १८८९मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एव म श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस्पछि सन् १८९० देखि प्रत्यंक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखका दिन श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा पनि विभिन्न कार्यक्रमकासाथ् मजदुर दिवस मनौएँ गरिन्छ । विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





