लन्डन,भूतपूर्व गोर्खा सैनिकका सन्ततीलाई बेलायतको आवासीय भीसा दिइनुपर्ने सम्बन्धमा गोर्खालीहरुको पक्ष्यमा फैसला भएको छ । आज २८ अप्रिलका दिन रोयल कोर्ट अफ जस्टिसमा जस्टिसहरु हेण्डरसन, लिनबाम र प्रिस्टनको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो । उक्त मुद्दा भूतपूर्व गोर्खा सैनिक बिर्ख राईका छोरा जितेन्द्र राईले दाएर गरेको थिए । विगत लामो समयदेखि गोर्खाहरुको लागि मुद्दा लड्दै आएको “हो एण्ड को “ ल फर्मले नै यस मुद्दालाई हेर्दै आएको थियो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।