वल्र्ड डे १९९० को प्रस्तुति आधुनिक गीति एल्बम “लालीगुराँस” को एक कार्यक्रमका बीचमा रिपोर्टस क्लबमा विमोचन गरिएको छ । बरिष्ठ संगीतकर्मी प्रेम ध्वज प्रधानको प्रमुख आतिथ्यमा संचालित सो कार्यक्रम सार्थक डिजिटल म्यूजिक प्रा.लि. ले आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानले नेपाली गीत मौलिक हुनुपर्नेमा जोड दिदै नेपाली गीत संगीत नेपाली जीवन र जगतमा आधारित रहेर निर्माण हुनुपर्नेमा जोड दिदै गीत–संगीतको ईतिहास गौरवले भरिएको छ, हाम्रो देशको पहिचान भनेको नेपाली गीत संगीत पनि हो,भनेका थिए । लालीगुराँस एल्बममा रहेको सम्पूर्ण गीतमा शब्द रोहित बस्नेत र संगीत सुबिर प्रसाद पन्तको रहेको छ ।
सो गीती एल्बम बिमोचन कार्यक्रममा वरिष्ठ गायिका तारा थापालाई सम्मान गरिएको छ । सार्थक डिजिटल म्यूजिक प्रा.लि.का प्रबन्धक जीवन पन्तले नेपाली गीत संगितको विकासका लागि विगत एक दशकदेखि निरन्तर लागि रहेको बताउदै भने, युवाहरू नेपाली गीत–संगीतको विकासको लागि रातदिन नभनी निरन्तर लागिरहेका र पछिल्लो समय नेपाली गीत संगीतलाई मौलिकता भन्दा पर धकेल्न काम भैरहेको बताउंदै यसलाई निरुत्साहित बनाउनको लागि लागि परेको बताए ।
आज प्रेमध्वज प्रधानलाई साँक्षी राखेर ‘लालिगुराँस’को बिमोचन गरेका छौँ, यो शब्द मौलिक, राष्ट्रिय अस्तित्व बोकेको शब्द हो, यस्ता काममा हामी निरन्तर लागि पर्ने धारणा ब्यक्त गरेका थिए । गीतकार रोहीत बस्नेतले ‘लालिगुराँस’मा समावेश भएका अधिकांश गीतहरू सकारात्मक सन्देश दिने दावी गरे । चर्चित गायकहरु स्वरुपराज आचार्य, सन्तोस लामा, मेलिना राई, सागर पाण्डे, केशव बस्नेत र पविन गुरुङगको स्वर रहेको छ । कार्यक्रममा कृषि विकास बैंकका प्रबन्धक मुकुन्दराज पन्त, डा. दिनेश कुमार लम्साल, तारा थापा लगायतले लालिगुरासँको गीति एल्बमको सफलताको लागि शुभकामना दिएका थिए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।