सुजन पराजुली,
राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै श्रद्दावान नेपाल राष्ट्रिय पोसाक संरक्षण अभियानद्वारा बिहीबार काठमान्डौमा अर्धनग्न भइ माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म एक रयाली निकालेका छन् । हिमाल, पहाड र तराईका १२५ जातजातीहरुको शाझा पोसाक स्थापना गर्दै विदेश भ्रमणका क्रममा पनि राष्ट्रिय पोसाकलाई विदेशीसमक्ष्य चिनाउनुपर्ने धारणा श्रद्दावान नेपालका अध्यक्ष्य राजानन्द माण्डव्यले बताएका छन् । दौरा, सुरुवाल, टोपी र गुन्युचोलीलाई राष्ट्रिय पोसाक बनाउनुपर्ने र देशका उच्च व्यक्तित्व, सरकारी कार्यालय तथा अन्तर्राष्ट्रिय औपचारीक भ्रमणका क्रममा राष्ट्रको प्रतिनिधित्व गर्ने राष्ट्रिय पोसाकलाई अनिवार्य गराइनुपर्ने पनि माण्डव्यले बतेकाछन । हरेक वर्षको पुष १७ गतेलाई राष्ट्रिय पोसाक दिवसको रुपमा घोषणा गर्नको लागि समेत माग गर्दै आर्को छ । देशका महत्वपूर्ण उच्च स्तरीय व्यक्तिहरुले पनि राष्ट्रिय पोसाकलाई बेवास्ता गर्दै आइरहेका छन् । राष्ट्रिय पोशाकलाई आफ्नो देशको गौरवको विषय ठान्ने प्रव्रिती बिस्तारै बिस्तारै ल्पो हुँदै गइराहेको छ ।
प्रदर्शनी सम्बन्धि विस्तृत भीडीयो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
भीडीयो नृपेश उप्रेती
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।