पर्वत वेलफेयर सोसाइटीद्वारा नयां वर्ष शुभकामना सांझ सम्पन्न

लन्डन । गत शनिबार अल्डरसटस्थित एम्पायर हाउसमा पर्वत वेलफेयर सोसाइटी यूकेले नयां वर्षका अवसरमा एक शुभकामना सांझ आयोजना गरेको छ । नेपालबाट आएका लोकगायक याम क्षेत्त्रीले निकै रमाइला र मार्मिक गीत प्रस्तुत गरेका थिए । उनलाई बेलायतमै रहेका लोक दोहोरी कलाकार कल्पना गुरुङ र मधुसुदन थापाले साथ दिएका थिए । कुसुम पुनले नाच प्रस्तुत गरेकी थिइन् भने आवाज व्याण्डले पनि गीत प्रस्तुत गरेको थियो । सोसाइटीका अध्यक्ष दधी आचार्य र संस्थापक अध्यक्ष हितकाजी गुरुङले पानसमा बत्ती बालेर संयुक्तरुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका अटयाची तेजेन्द्र रेग्मी, एनआरएनए युरोप संयोजक कुल आचार्य, तमु धिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, सोसाइटीका संस्थापक अध्यक्ष तथा सल्लाहकार हितकाजी गुरुङले शुभकामना मन्तव्य दिए । सल्लाहकार मानप्रसाद गुरुङको संयोजनमा भएको उक्त कार्यक्रममा सोसाइटीका उपाध्यक्ष एक पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव भरत पौडेलले गरेका थिए । मन्तव्यका क्रममा अध्यक्ष आचार्यले सोसाइटीले नेपालमा शिक्षाका क्षेत्रमा केही परोपकारी कार्य गर्ने योजना बनाएको बताए । उनले समस्त सहयोगी र हल निशुल्क उपलब्ध गराउने एम्पायर हलका पुरन गिरी, यम भण्डारीलगायतलाई धन्यवाद दिएका थिए । कार्यक्रममा पर्वत वेलफेयर सोसाइटी यूकेका निवर्तमान सचिव तथा वर्तमान सल्लाहकार हरि गुरुङका पिता सुवेदार भीमबहादुर गुरुङको ७९ वर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । उक्त अवसरमा सोसाइटीले मुर्तीकलामा बेग्लै पहिचान बनाएका वकिङ निवासी सागर क्षेत्रीलाई सम्मान समेत गरेको छ । कार्यक्रममा मगर संघ यूकेका पूर्व अध्यक्ष थर्क राना, समाजसेवीहरु रवि लामिछाने, कृष्ण भट्ट र चिरन्जिवी ढकाल, तमु समाज बेलायतका निवर्तमान अध्यक्ष शिवशरण गुरुङ, बीसीसी यूकेका अध्यक्ष नारायणप्रसाद गुरुङ, बाग्लुङ समाज यूकेका अध्यक्ष दीपक काउचा, मोना यूकेका उपाध्यक्ष खेम शेरचन, सोसाइटीका पूर्व अध्यक्षहरु पुरन गिरी, रसबहादुर गुरुङ, नरजंग गुरुङ लगायत सयौं सहभागी थिए ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित