क्लब केटीएमको एक्सप्रेस एनटीभी नाइटमा शिव परियार र नाम्लो ब्याण्डको प्रस्तुति

लन्डन । नेपाली नयाँ वर्ष २०७४ को अवसर पारेर अहिले लण्डनमा नेपाली कलाकारहरुको ओइरो लागेको छ । विभिन्न स्थानहरुमा आयोजना गरिने नयाँ वर्ष शुभकामना साँझको कार्यक्रममा बेलायतवासी हरुलाई भ्याई नभ्याई भैरहको छ । यसै अवसरमा फोटोग्राफी, भिडियोग्राफी र संगीत कक्षा, इभेन्ट म्यानेजमेन्ट उद्देश्यले खोलिएको एक्सप्रेस स्टुडियोको आफ्नो औपचारिक उद्घाटन गर्दै २३ अप्रिल आइतबारका दिन लन्डनस्थित क्लब केटीएममा एक सांगीतिक साँझको आयोजना गरेको थियो । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपालबाट आएका लोकप्रिय गायक शिव परियार र नेपाली म्युजिकलाई अन्तर्राष्ट्रिय समुदायसम्म पु-याउन सफल नाम्लो ब्याण्डको आकर्षक प्रस्तुति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सुवेदीले आफूले कूटनीतिक उत्तरदायित्वका अतिरिक्त समाजमा एकता सहिष्णुता, सभ्यताको अभिबृद्धि गर्ने दिशामा पनि काम गरिरहेको बताए । उनले बेलायतका नेपाली समाजले नेपाली काल संस्कृति, भाषा साहित्य, नेपाली संस्कार, परम्परालाई नयाँ पुस्ताले नबिर्सिउन भनेर काम गरिहेकामा प्रशन्नता प्रकट गरे । उनले नेपाली समाजलाई समृद्ध, सुशिक्षित, सुविचारित बनाउन लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा सांगीतिक सौगात पस्कने क्रममा गायक शिव परियारले आफ्ना कर्णप्रिय गीत क्या दामी भो, पिलायो साथीले अतिरिक्त संगी डुब्दै छु तिम्रो यादमा, अलिकति नजर तिम्रो, नभेटी नभेटी, पागल बनायौ प्रिय लगायतका करिब एक दर्जन भन्दा बढी आफ्ना गीतहरु मार्फत मनोरंजन दिलाएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्ष चिरन शर्मा, वीरेन्द्र श्रेष्ठ, दिनेश परियार, जगन कार्की लगायतले एक्सप्रेस स्टुडियोको प्रोडक्सन र अनुभवका बारेमा बोलेका थिए । कार्यक्रममा गायिका शर्मिला बर्देवाकी छोरी आँशिका परियारले समेत आफ्नो प्रस्तुति दिएकी थिइन् । कार्यक्रमको संचालन प्रसुना कंडेलले गरेकी थिइन् ।


गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित