लन्डन,हरेक वर्ष वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले प्रदान गर्दै आएको प्रतिष्ठित वसुन्धराश्री पुरस्कार यस वर्ष डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ । तेस्तै गरि प्रतिष्ठानले यस वर्षको मानश्री पुरस्कार लामो समय बीबीसी नेपाली सेवामा काम गरिसकेका बेलायतनिवासी वरिष्ठ सञ्चारकर्मी एवं साहित्यसेवी खगेन्द्र नेपालीलाई दिने निर्णय गरेको छ । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उत्कृष्ट, विशिष्ट र पठनीय आधुनिक नेपाली निबन्ध, नियात्रा, कथा, उपन्यास र समालोचनाहरुका सिर्जनाद्वारा आधुनिक नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली भाषा—साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न जिन्दगी अर्पण गर्नुहुने सुप्रसिद्ध साहित्यकार प्रा.डा. तारानाथ शर्मालाई वि.सं.२०७४ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको संस्थाका सदस्य सचिब कृसु क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुरस्कारको रकम ५० हजार रुपिंया रहेको छ । वि.सं.१९९१ साल असार ९ गते ईलाममा जन्मनु भएका विशिष्ट सष्टा डा. तारानाथ शर्माका बेलायततिर बरालिंदा, सम र समका कृति, घोत्ल्याइँहरु, भानुभक्तदेखि तेस्रो आयामसम्म, नेपाली साहित्यको इतिहास, पश्चिमका केही महान् साहित्यकार, जमर्काहरु, जीवनका छाल, दुई पोका चुरा, मेरो कथा, ओझेल पर्दा, पातालप्रवास र नेपालदेखि अमेरिकासम्म लगायत चार दर्जनभन्दा बढी कृतिहरु प्रकाशित भइसकेका छन् ।

Taranath Sharma, Nepali Literary Icon (7).JPG

सुन्नको लागि प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।