क्षेत्री समाज बेलायतको पहलमा दीपक क्षेत्रीलाई तीन लाख हस्तान्तरण

गोर्खा रेडियो, करिब चार वर्षदेखि घाँटीमा मासु पलाएका कारण बिरामी परेका कलाकार दीपक क्षेत्रीको सहयोगका लागि संसारभरीका नेपालीहरू जुटेका छन् । यस्तै गरी बेलायतस्थित क्षेत्री समाजको पहलमा बेलायतवासी नेपालीहरुद्वारा सहयोगस्वरूप संकलित तीन लाख रुपैयाँ गत सोमबार काठमान्डौमा क्षेत्री समाज यूकेका सल्लाहकार एबम निवर्तमान अध्यक्ष्य प्रेम खड्का तथा अभिनेता कृष्ण मल्ल हातबाट बिरामी कलाकार दीपक क्षेत्रीलाई हस्तान्तरण गरिएको छ । क्षेत्री समाज बेलायतका अध्यक्ष्य धन बहादुर कुँवरका अनुसार रकम उठ्ने क्रम अँझै जारि रहेको र बाँकी रकम पनि चांडोभन्दा चांडो क्षत्री समक्ष्य पुर्याइने बताएका छन् । केही समय अगाडि बिरामी क्षेत्रीको दर्दनाक अन्तर्वार्ताको भीडियो संचार माध्यममा सार्वजनिक भएपछि उनको सहयोगका लागि संसारभरिका नेपालीहरुले सहयोग रकम संकलन गर्न थालेका हुन् । चलचित्र पत्रकार संघ नेपालले आर्थिक संकलन गर्दै क्षेत्रीको उपचारको पहल गरिरहेको छ । बरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. बिके सिन्हाद्वारा क्षेत्रीको उपचार शुरु भइसकेको छ । हाल उनलाई औषधी दिई सात दिनको लागि आराम गराइएको र बाँकी उपचार पनि आराम सकिए लगत्तै गरिने बताइएको छ । उनको घाँटीमा पलाएको मासुलाई शल्यक्रिया गर्नको लागि कम्तीमा १० लाख रुपैयाँ लाग्ने भएता पनि दोब्बरभन्दा बढी रकम संकलन भैसकेको छ ।

दीपक क्षेत्रीको अन्तर्वार्ता हेर्नको लागि तलको भीडीयो प्ले गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित