]लन्डन, नेपालमा कलाकारहरुलाई राष्ट्रको गहना भनेर भन्ने गरेतापनि जब उनीहरू अप्ठेरोमा पर्छन भने तिनीहरुलाई गहनाको रुपमा हैन एउटा रद्दी टोकरीको रुपमा हेर्ने गरिन्छ । बिगत तीन दशकदेखि चलचित्र क्षेत्रसँग आवद्ध रहँदै आएका दीपक क्षेत्री आफ्नो घाँटीमा पलाएको मासुका कारण जीवन मरणको दोसाँधमा अल्झेका छन् । घाँटीमा पलाएको मासुको डल्लाका कारण कलाकार क्षेत्रीको पुरानो बोली हराएको छ । डाक्टरको सल्लाह अनुसार उक्त माशुको भागलाई चांडोभन्दा चांडो अप्रेशन गर्नुपर्ने भएको हुँदा खर्चको अभावमा सहयोगका लागि गुहार मागिरहेका क्षेत्रीको सहयोगार्थ क्षेत्री समाज बेलायतले क्षेत्रीको सहयोगार्थ रकम संकलनको लागि पहल शुरु गरेको छ । चलचित्र संघले सहयोगको लागि पहल गर्नुपर्ने भएतापनि संघ नै संघ आफै कमजोरी अवस्थामा रहेको हुँदा सहयोगको अपेक्षा नरहेको क्षेत्रीले बताए । आफू अस्वस्थ रहंदा रहँदै पनि आर्थिक अभावका कारण निरन्तर अभिनयमा लागिरहेका थिए । हाल उनको उपचारको सहयोगार्थ विभिन्न देशबाट संघसंस्था,कलाकार तथा व्यक्तिगत पहलमा रकम संकलन कार्य भैरहेको छ । तत्कालको लागि उनको उपछार को लागि करिब ५ लाख रुपैयाँ लाग्ने बताइएको छ । कसैको सानो प्रयासले कसैको जीवन रक्ष्या हुन्छ भने मानवीयताको नाताले गरिएको सानो प्रयास पनि संदाका लागि अविस्मरणीय बन्न जानेछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।