लन्डन, नेपाली नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा यहि आउँदो अप्रिल १४ तारिखका दिन हिमालयन क्लब रेस्टुरेन्ट एण्ड बारद्वारा नेपाली नयाँ वर्षको उपलक्ष्यमा एक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा नाचगान, खानपिन लगायत लाइभ म्यूजिकको पनि व्यबस्था गरिनेछ । लन्डनवासी नेपालीमाँझ निकै लोकप्रिय रहेको ब्लु अर्किड रेस्टुरेन्ट तथा सिभिल इन्जिनियरिंग पबलाई बिक्रि गरेपछि भर्खरै मात्र लन्डनस्थित सडबरी टाउन वेम्ब्लीमा दम्पतिद्वय बल रायमाझी र गीता रायमाझीले “हिमालयन क्लब”को संचालन गर्दै आएका छन् । नेपाली इन्डियन तथा इन्डो चाइनिज खानाको प्रबन्ध गरिनुका साथै प्रत्येक हप्ता राति अबेरसम्म लाइभ म्यूजिक समेतको व्यवस्था गरिदै आएको संचालक रायमाझीले बताएका छन् । लगभग एकसय जनासम्मका लागि आवश्यक कुनै पनि पार्टी लगायतका कुनै पनि कार्यक्रम गर्न सकिने उक्त हिमालयन क्लबमा भ्यालेन्टाइन डे, नयाँ वर्ष लगायत अन्य नेपाली चाडपर्वहरुमा विशेष कार्यक्रमको साथमा लाइभ म्यूजिक, रात्रीभोजको समेत आयोजना गरिंदै आएको छ । राति अबेरसम्म चलाउने अनुमति प्राप्त यो क्लब वेम्ब्ली, ह्यार्रो,ग्रीनफोर्ड आसपासको लागि विशेष पायक पर्दछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।