लन्डन, यहि आउँदो मे ७ तारिखका दिन साँझ ६ बजेदेखि राती १० बजेसम्म लण्डनको केन्द्रमा रहेको ट्राफलगर स्क्वाएरमा दीप प्रज्वलन गरी बुद्ध जयन्ती मनाइने भएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको प्रबर्द्धन एवं बौद्ध दर्शन र शान्तिको सन्देश विश्व समक्ष पुऱ्याउन र नेपालको पर्यटन प्रबर्धन गर्ने उद्देश्यले बुद्ध फाउण्डेसन यूके, नेपाली दूतावास लन्डन, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूकेको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गर्नको लागि एनआरएन युके लगायत करिब चार दर्जन बेलायतमा रहेका संघसंस्थाहरुको सहयोग रहने प्रतिवद्धता रहेको छ । सो कार्यक्रममा लण्डनका मेयर सादिक खान , बेलायती सांसदहरु तथा बुद्ध धर्म मान्ने बिभिन्न मुलुकका कुटनितिज्ञहरुलाई कार्यक्रममा सहभागी गराउने लक्ष्य समेत रहेको कार्यक्रम संयोजक एभरेष्ट गौतमले जनाएका छन । गौतम बुद्धको जन्मस्थल र उनको शान्ति सन्देशलाई विश्वभारी पुर्याकउने उद्देश्यले लन्डनको केन्द्रलाई कार्यक्रमस्थलको चयन गरिएको फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । उक्त दिनको लागि दीप प्रज्वलन, पूजा, प्रवचन, पोस्टर डिस्प्ले लगायतका कार्यक्रमको तय गरिएको छ । फाउण्डेसनले कार्यक्रम सफल बनाउन एभरेष्ट गौतम र ह्यारी गुरुङलाई संयोजक एवं समिर गुरुङलाई सहसंयोजक तोकेको छ । कार्यक्रमलाई सफल पार्नको लागि बेलायतस्थित विभिन्न संघसंस्था बुद्धीजीवी लगायत व्यक्तिहरुलाई उपस्थितिको लागि आयोजकद्वारा अनुरोध गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर गतवर्ष पनि बेलायती संसद भवन अगाडि बुद्ध जयन्ती मनाइएको थियो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।