बिइङ ह्युमन नेपाल प्रमुख राजु थापा र सलमान खानबीच भेटघाट

मुम्बई । विश्वविख्यात क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमनको नेपाल प्रमुख राजु थापा र सलमान खान बीच भेटवार्ता भएको छ । विहीवार मुम्बईस्थित ब्यान्द्रामा भएको भेटमा खानले नेपालका आफ्ना फ्यान प्रति आभार व्यक्त गर्दै छिट्टै नेपालको भ्रमण गर्ने बताए । खानले उनको च्यारीटी क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमनले नेपालमा दिनप्रति सफलता प्राप्त गर्दै गएकोमा प्रसन्नता प्रकट गरेका थिए । भेटमा थापाले सलमान खानलाई नेपालको भ्रमण गरि ‘बिइङ् ह्युमन सोरुमको अवलोकन गर्न समेत आमन्त्रण गरेका थिए । ‘बिइङ् ह्युमन सोरुमको आधिकारीक सो रुम तीन बर्षअघि नेपालमा सञ्चालन आए पछि अब देखी तिनवटा शाखाबाट आफ्नो सेवा दिदैं आएका छन् । युवा व्यवसायी राजु थापाको पहलमा सोरुमले पहिलो पटक नेपालमा ब्यवसाय सुरुवात गरेको हो । गत असोज ८ गते दरबारमार्गको राइजिङ मलबाट उक्त नेपालको पहिलो आधिकारीक सोरुम दरबारमार्गकै क्यापिटल मलमा सारिएको साथै सोही दिन ललितपुर स्थित पु्ल्चोकको लबिम मलमा शाखा विस्तार गरिएको छ । बिइङ ह्युमनले सुन्दर प्राकृतिक नगरी पोखराको चिप्लेढुंगामा अवस्थित पोखरा ट्रेडबाट समेत आफ्नो सेवा दिदैं आएको छ । सलमान खान फाउण्डेसन तथा यसको उत्पादक कम्पनी मन्धना इन्टस्ट्रिजसंग सहकार्य गर्दै ‘बिइङ् ह्युमनको आधिकारिक सो रुम नेपालमा सञ्चालनमा ल्याएको हो । सन् २००७ मा फ्रान्समा खुलेको पहिलो सोरुमपछि बेल्जियम, स्पेन, बहराइन, दोहा, जेद्धाह, कुबेत, जोर्डन, संयुक्त अरब, पाकिस्तान, रियाध, भारत आदिपछि नेपाल ‘बिइङ् ह्युमनको सोरुम सञ्चालन गर्ने पन्ध्रौं मूलुक हो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित