लन्डन, नाटककार सनम कुमार बैरागको लेखन तथा निर्देशन रहेको नाटक “जीगिषा”मा नेपालमा हुने गरेका र भइरहेका माहिला र पुरुषबीचको भेदभाव र जनायुद्धताका घटेका घटनालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको नाटक जीगीषा बेलायतका विभिन्न स्थानहरुमा सफल प्रदर्शन गरिएअको छ भने नेपाली दूतावास लण्डनले आयोजना गरेको बेलायत नेपालबीचको दौत्य सम्बन्धको दुई सय वर्षको विशेष अवसरमा पनि प्रदर्शन गरिएको थियो । त्यस्तै प्रदर्शनीको क्रममा गत मार्च २७ तारिखका दिन स्कटल्यन्ड को एसेमबली रोक्सि थ्रेटरमा अर्को सफल प्रदर्शन भएकोछ ।
त्याहाँ भएको शोलाई नेपाल स्कटल्यन्ड यूथ ग्रुपले आयोजना गरेको थियो भने प्रोग्राम कोडिनेटर विजय डंगोलले गरेका थिए । करिब दुई सय जनाको क्षेमता भएको हलमा दर्शकहरू खचाखच भरिएका थिए । नेपालदेखि नै सानै उमेरबाट नाटकमा अभिरुची राख्दै आएका निर्देशक बैराग एक शसक्त लेखक तथा कलाकारका रुपमा परिचित छन् । नाटक जीगिषामा चलचित्र क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल नायक ध्रुब दत्त तथा नृत्य निर्देशक सुरेश श्रेष्ठ लगायत बेलायतमा बसेर मोडलको क्षेत्रमा समर्पित अनि नाटक समय दृश्यमा सफल अभिनय गरिसकेकी प्रसुना कंडेल, सन् २०१४ कि मिस टप फाइभ तथा मिस ट्यालेन्ट जित्न सफल शुस्मिता थापाको मुख्य भूमिका रहेको निर्देशक सनम कुमार बैरागले बताएका छन् ।
निकै लामी समयको मिहिनेत, परिश्रम र लगनशीलता कारण नाटक जीगीषा जीवन्त बन्न सफल रहेको र यसले पनि दर्शकहरूको मन जित्न सफल हुने कुरामा आफू विश्वस्त रहेको पनि निर्देशक बैरागले बताएका छन् । नाटक जीगिषासबै नेपालीहरुले एकपटक अवश्य हेर्ने पर्ने नाटकमा सहभागी कलाकारहरुले बताएका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।