अनु अधिकारी,नेपाली क्रिकेट समर्थक समाज ( NCSS )ले गत वैशाख १३, २०७३,मा एक कार्यक्रम बीच ICCबाट नेपाली क्रिकेटको वर्तमान विवाद समाधान गर्न बनाइएको ‘ सल्लाह्कार समिति ‘लाई ज्ञापनपत्र बुझाएको छ् । ज्ञापनपत्र ‘ सल्लाह्कार समिति ‘ सदस्य श्रीपवन अग्रवाल ज्यूलाई बुझाइएको हो । उक्त ज्ञापन पत्र बुझ्दै पवन अग्रवालले,” नेपाली क्रिकेट प्रति चिन्तित हुँदै NCSSबाट बुझाइएको यो ज्ञापनपत्र प्रति आफू लगायत सल्लाह्कार समिति सकारात्मक र सक्दो प्रयास गर्दै बन्ने विधान र नेपाली क्रिकेट को आगामी समरचना सबैलाई मान्य हुने किसिमले त्यसले वर्तमान गतिरोध अन्त्य गर्दै क्रिकेटलाई अघि बढाउने बाचा गरेका थिए । ज्ञापनपत्र दिदै NCSS अध्यक्ष्य भानु सिग्देलले भने,” गतिरोध अन्त्य गर्ने एक मात्र वैधानिक निकाय हाल ‘ सल्लाह्कार समिति ‘ मात्र हो, नेपाली क्रिकेट बोर्ड बन्दै नेपाली क्रिकेटले सफलताको सिढी चढोस् भन्ने आम नेपाली क्रिकेट समर्थक हरुको चाहना माथि दाँया बाँया नहोस् भन्ने उद्देश्यले, क्रिकेट समर्थकहरुको एक मात्र संस्था NCSSले सल्लाह्कार समिति समक्ष्य यो ज्ञापनपत्र बुझाएको हो । नेपाली क्रिकेटको सबैभन्दा ठुलो स्टेकहोल्डर नेपाली क्रिकेट समर्थकहरुको यो विस्वास कायम हुनेमा आफू विश्वस्त भएको पनि सिग्देलले बताएका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।