लन्डन, बेलायतलाई कर्मथलो बनाउँदै आएका अनि नेपाली कला संस्कृतिलाई मन मुटुबाट नै माया गर्ने एक कुशल समाजसेवी एवं लन्डनस्थित फेल्थम र हेस्टन एरिया अन्तर्गतका कन्जरभेटिभ एसोशिएसनका सदस्य समेत रहेका गीतकार आनन्द दोबालीद्वारा सृजना गरिएको नयाँ गीत “अवतार” को म्यूजिक भीडीयोको कान्तिपुर नेटवर्क मार्फत भर्खरै रिलिज भएको छ । लोकप्रिय गायक उदय सोतांगको आवाज, आनन्द दोबाली राईको शब्द तथा आनन्द राईको संगीत रहेको यस गीतमा संगीत संयोजन महाराज थापाले गरेका हुन् । गीतकार आनन्द दोबालीले मायालु जोडीको कथा व्यथालाई समेटेर सृजना गरेका शब्दलाई गायक उदय सोतांगले जीवन्तता दिएका छन् भने पुष्पा थापा र वर्षा रावतद्वारा गरिएको अभिनयले म्यूजिक भीडीयोलाई अँझ बढी सौन्दर्यता प्रदान गरेको छ । यस गीतको म्यूजिक भीडीयोमा अर्जुन अधिकारीको निर्देशन, हरि हुमागाईंको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको छ । तेस्तै गरि म्यूजिक भीडीयोलाई हाइलाइट्स नेपालले युट्युब मार्फत सार्वजनिक गरेको छ ।
म्यूजिक भीडियो हेर्नको लागि तलको भीडियो प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।