लन्डन दूतावासमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापनमा राजकुमार ह्यारीको उपस्थिति

लन्डन, लन्डनस्थित नेपाली दूतावासले नेपाल र बेलायतबीचको दौत्य सम्बन्धको २०० वर्षको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । यही १४ मार्चदेखि २० मार्चसम्म सम्पन्न गरिने उक्त कार्यक्रममा विभिन्न प्रकारका कार्यक्रमहरू गरिने तय भएकोछ । सप्ताहव्यापी उत्सवको प्रथम दिनमा दूतावासमा ड्युक अफ ग्लोसेस्टरसाएर प्रिन्स रिचार्डसहित विविन्न गन्यमान्यहरुको उपस्थितिरहेको थियी भने कार्यक्रमको अन्तिम दिन अर्थात मर्च २० तारिखका दिन कार्यक्रमको समापनमा वेलायतका राजकुमार ह्यारी सहभागी हुने भएका छन् । अपरान्ह आयोजना गरिने सो कार्यक्रममा सुरक्ष्या व्यवस्थालाई मध्यनजर गर्दै निमन्त्रणा -पत्र भएकालाई मात्र सहभागिताको व्यवस्था गरिएको दूतावासले जनाएको छ । सप्ताहव्यापी रुपमा आयोजना गरिएको कार्यक्रममा गोर्खा नृत्यदेखि अन्य नेपाली साँस्कृतिक कार्यक्रमहरुलगायतका विभिन्न कार्यक्रम, पर्यटकीय अवस्थालार्इ विस्तार रुपमा तस्वीर तथा भीडियो लगायतको प्रदशनीहरू प्रस्तुत गरिंदै आएको छ । विहीबार नेपाल पत्रकार महासँघ बेलायत शाखाको सँयोजनमा अन्तरक्रियात्मक कार्यक्रम हुनेछ । शुक्रबार नेपाली साहित्यिक महात्सव हुनेछ जसमा राजदूत सुवेदीको सम्पादकत्वमा प्रकाशित कविता सँग्रहको विमोचन गरिने छ भने शनिबार नेपाली खाना तथा सँगीतको महोत्सव रहने छ । त्यस्तैगरी आइतबार नेपालमा लगानी भित्र्याउन सकिने क्षेत्र तथा सम्भावनाहरुउपर अन्तरक्रियात्मक कार्यक्रम रहने छ र अन्तमा सोमबार प्रिन्स ह्यारीको समुपस्थितिमा सप्ताहव्यापी कार्यक्रमको समापन गरिनेछ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक