लन्डन, महिला हक अधिकारको माग स्वरूप प्रारम्भिक आन्दोलनको सम्झनामा ८ मार्चलाई हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउने गरिन्छ । त्यस्तै गरी प्रवासी नेपाली मंच यूकेले पनि सोही अवसर पारेर मार्च ८ तारिखका दिन लन्डनस्थित नर्थ ह्यार्रोको सारस नेपाली रेस्टुरेन्टमा एक कार्यक्रमकाबीच १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न गरेको छ । मंचकी महिला विभाग संयोजक सरस्वती के.सी. को संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा “ Be bold for change” भन्ने नारालाई आधार मानेर उपस्थित महिला लगायत केही पुरुषहरुले पनि आ-आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा मंचका भुतपूर्व अध्यक्षहरू आँकलजंग लामा तथा दिनेश घिमिरे, पूर्व महासचिव राजेन्द्र पुडासैनी, प्रचार बिभाग प्रमुख कुमार केसी, संगठन बिभाग प्रमुख कमल खनाल, आर्थिक बिभाग प्रमुख कृष्ण भण्डारी, एन आर एन युकेका आइ सी सी सदस्य कृष्ण तिमील्सिना, सचिव कृष्ण तिवारी, युवा संयोजक हरि आचार्य, महिला संयोजक सुशीला राई, प्रबासी नेपाली मंचकी बिमला सेने, राधा भट्टराई र केही भारतीय मूलका महिला लगायत अन्य थुप्रै व्यक्तिहरुको सहभागीता रहेको थियो । महिला हक हितका लागि ठोस कदम चाल्नुपर्ने विषयलाई जोड दिंदै प्रवासी नेपाली मंचले गत ३ वर्षदेखि लागातार रुपमा आयोजना गर्दै आइरहेको छ । संयोजक सरस्वती के.सी.द्वारा संचालन गरिएको कार्यक्रममा नाचगान तथा मनोरंजन समेत गरिएको थियो । कार्यक्रममा निरुषा पाण्डेले आफ्नो मौलिक स्वरमा गीत प्रस्तुत गरेकी थिइन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
प्रवासी नेपाली मंच यूकेद्वारा १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न
प्रवासी नेपाली मंच यूकेद्वारा १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न
तपाईको प्रतिक्रिया