रंगहरुसँग रमाउँदै बेलायतमा मनाइयो होली- फोटोफिचर

लन्डन, नेपाली परम्परा र संस्कृतिको एउटा उल्हासमय पर्वको रुपमा मानिंदै आएको फागुपूर्निमा अर्थात होलीको अवसरमा बेलायतका विभिन्न स्थानहरुमा नेपालीहरुले एकआपसमा शान्ति, सद्भाव, मित्रता र आत्मीयताको भावना साटासाट गर्दै रंगको माध्यमबाट फागुपूर्निमा अर्थात होली मनाएका छन् । होली पर्वको आफ्नै महत्व र विशेषता रहेको पाइन्छ । भौगोलिक क्षेत्रलाई आधार मानेर नेपालमा होली दुई दिन मनाउने गरिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली अर्थात फागुपूर्नीमासँगै वसन्त ऋतुको पनि आगमन हुने भएको हुँदा खुसीयाली स्वरूप एक आपसमा रंग दलेर हर्षोल्लासका साथ् मनाइन्छ । फागुपूर्णिमाको अघिल्ला दिन साँझ होलिका दहन गरेपछि भोलिपल्ट रंग लगाएर होली मनाइन्छ । शान्ति, सद्भाव,मित्रता र आत्मीयताको भाव बोकेको होली पर्वलाई हिजो आज विकृतिको रुपमा हेर्ने गरिन्छ ।










फोटो साभार- फेसबुक

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक