लोक दोहोरी क्षेत्रमा ख्यातिप्राप्त नायक तथा नृत्यकार शंकर बि.सी र पार्वती राईको जोडदार अभिनय रहेको “हिमालैमा हिउँ पर्यी सेतै” बोलको गीतको म्यूजिक भीडियो भर्खरै मात्र सार्थक डिजिटल म्यूजिक प्रा.लि.ले बजारमा ल्याएको छ । जुन गीतमा धादिंग निवासी सागर घर्ति मगर र मिना लामाको आवाज रहेको छ | सागर घर्ति मगरकै शब्द रहेको उक्त गीतमा संगीतकार एवं गायक जीवन पन्तको संगीत रहेको छ । चपली हाइटमा छायांकन गरिएको यस म्यूजिक भीडीयोमा शंकर वि.सी.ले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । म्यूजिक भीडियो आशा लाग्दो र निकै राम्रो बनेको हुँदा लाखौँ दर्शक स्रोताहरुले मन पराउने शंकर बि.सी. र पार्वती राईले बताएका छन् ।
म्यूजिक भीडियो हेर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।