गोर्खा रेडियोद्वारा “नेप्लिज न्यू इयर धमाका- २०७४” को आयोजना गरिंदै

लन्डन, नेपाली नयाँ वर्ष वि.स. २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले गोर्खा अनलाइन रेडियोको संयोजनमा गोर्खा इन्टरटेनमेन्ट यूकेले सन् २०१७ अप्रिल १६ तारिख आइतवारका दिन लन्डनस्थित फेल्थम कम्यूनिटी कलेजमा “नेप्लिज न्यू इयर धमाका-२०७४” को आयोजना गर्ने भएको छ । विश्वका १ सय दश देशहरुबाट सुनिदै आएको तथा २२ हजार भन्दा बढि यूनिक लिस्नरहरु रहेको गोर्खा रेडियोद्वारा गतवर्ष पनि नेपाली नयाँ वर्षको उपलक्ष्यमा “गोर्खा रेडियो शुभकामना साँझ” को आयोजना गरिएको थियो | नेपाली कला, संस्कृती र पराम्परालाई निरन्तरता दिने र भावी पुस्ताहरु माँझ पनि आफ्ना परम्परा र संस्कृतिलाई समय सापेक्ष्य एवं परिमार्जित गर्दै लैजानको लागि प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा वुद्धिजीवी, समाजसेवी, कलाकार तथा पत्रकारहरुको सहभागीता रहनेछ । विभिन्न स्थानीय कलाकारहरुद्वारा नाचगान गरिनुका साथै खानपिन लगायत शुभकामना आदानप्रदान गरिनेछ । विदेशी जीवनशैली र आडम्बर तर्फ ढल्किंदै गरेको नेपाली समाजलाई आफ्नो देशको मौलिक तथा संस्कृति परम्परालाई पनि निरन्तरता दिन सकेमा विदेशी भूमीमा पनि नेपाल र नेपालीको अस्तित्व रहने भएकोले त्यसको लागि सबै जना मिलेर अघि बढ्नु जरुरी हुन जान्छ । कार्यक्रममा प्रवेश शुल्क वयस्कहरुका लागि १५ पाउण्ड र ६ देखि १२ वर्ष सम्म उमेर हुनेहरुका लागि ९ पाउण्ड तोकिएको छ भने ६ वर्षभन्दा मुनिका लानी निशुल्क प्रवेशको व्यबस्था गरिएको छ । नेपालीपन र नेपाली मन भएका नेपाली कला, संस्कृती र परम्परालाई माया गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपाली नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्न उपस्थितिको लागि गोर्खा इन्टरटेनमेन्ट हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछ । अनलाइन बुकिंगको लागि यहाँ क्लिक गर्नुहोला ।

कार्यक्रम संबन्धी विस्तृत जानकारी:-

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित