यही मार्च ८ तारिख बुधबारका दिन लन्डनस्थित नर्थ ह्यार्रोको सारस रेस्टुरेन्टमा प्रवासी नेपाली मंच यूकेले विगतमा जस्तै यस वर्ष पनि नारी दिवसको आयोजना गर्दैछ । १०७ औं नारी दिवसको अवसर पारेर संक्षिप्त रुपमा अन्तरक्रिया एवम् मनोरंजन सहितको कार्यक्रमको आयोजना गरिने प्रवासी मंच यूकेले जानकारी दिएको छ । महिला हक अधिकारको माग स्वरूप प्रारम्भिक आन्दोलनको सम्झनामा ८ मार्चलाई महत्वपूर्ण दिनको रुपमा मान्दै आएको पाइन्छ । सन् १९१० को मार्च ८मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीहरुको अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्ष अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार सन् १९११ देखि विश्वभरिका महिलाद्वारा नारि दिवस मनाउन थालेको हो । नारी दिवसका अवसर पारेर नेपालमा पनि विभिन्न प्रकारका नारी अधिकारहरुको नारा लगाएता पनि त्यस्ता नाराहरू सोही दिनमा मात्र सीमित रहँदै आएका छन् । अरुलाई सुझाव दिने तर स्वयं आफूले त्यसको पालना नगर्ने परिपाटीले गर्दा नारी अधिकारको सही रुपमा कार्यान्वयन हुन् सकेको छैन । यसका लागि नारीहरुले मात्र नभई पुरुषहरुद्वारा पनि सहयोग र सहकार्य गर्नु जरुरी देखिन्छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।