लन्डन, बेलायतमा रहेर लामो समयदेखि विभिन्न क्षेत्रमा कानूनी सेवा पुर्याउँदै आएका सोलिसिटर राजु थापा एभेरेष्ट ल सोलिसिटर्ससँग सम्बन्धित छन् । बेलायतवासी नेपालीहरुप्रति सोलिसिटर थापाले थुप्रै अनि महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । तसर्थ बेलायतमा बसोबास गर्दै आउने नेपालीहरू प्रति लक्षित गर्दै बेलायतको नियम कानून अनुसार कानूनी साल्लाह र उपचारको बारेमा गोर्खा रेडियोले चाडै एक “कानूनी जिज्ञासा र समाधान” विषयक एक कार्यक्रम प्रस्तुत गर्ने भएको छ । सर्वप्रथम हामीले बेलायतमा बसोबास गर्ने भूतपूर्व गोर्खाली र तिनका परिवारप्रति लक्षित गरी तिनका समस्या र समाधानको बारेमा कार्यक्रम प्रस्तुत गर्ने भएका छौं । जस अन्तर्गत भूपू गोर्खा तथा तिनका परिवारको बारेमा भैरहेका समस्याहरुलाई ३ चरणमा विभाजित गरी यहाँहरुका समस्यालाई संकलन गर्न गैरहेको हुँदा इच्छुक महानुभावहरुले आ-आफ्नो समस्या लेखि हामीकहाँ पठाउनुहुनको लागि अनुरोध गर्दछौं । जस अनुसार निर्धारित विषयबस्तुहरू निम्न प्रकार रहेका छन् ।
(१) १८ वर्ष देखि ३० वर्षबीचका उमेर भएका र नेपालमा हुने हरुको लागि,
(२) ३० वर्षभन्दा माथि उमेर भएका र नेपालमा भएका हरुको लागि र
(३) विधवाका छोरा छोरीहरुलाई अहिलेको नीतिमा सम्मिलित नगराउनु मानवीय अधिकारको उलंघन हो कि होइन ?
तसर्थ पहिलो चरणको कार्यक्रममा १८ वर्ष देखि ३० वर्षबीचका उमेर पुगेका र हाल नेपालमा भएका छोराछोरीहरुको बारेमा कानूनी प्रकृया र उपचारको बारेमा छलफल गरिने भएको हुँदा तपाईंहरुको आ-आफ्नो जिज्ञासाहरू हामीलाई लेखि पठाउनुहुनको लागि अनुरोध गरिन्छ ।
आफ्नो जिज्ञासा पठाउनको लागि यहाँ क्लिक गर्नुहोला | अर्थात gurkharadio@gmail.comमा इमेल गरी पठाउँन सक्नुहुनेछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।