“लुट-२” का नायकद्वय लण्डनमा, चलचित्र उत्कृष्ट रहेको दावी


लन्डन, निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र “लुट -२” को प्रिमियरको लागि नायकद्वय दयाहांग राई र सौगात मल्ल यतिबेला बेलायतमा ब्यस्त छन् । बिहीबार लण्डनको हिथ्रो बिमान्स्थल उत्रिएका दयाहांग र सौगात साँझ लन्डनस्थित काठमान्डौ जोन नेप्लिज रेस्टुरेन्टमा आयोजित पत्रकार भेटघाटमा उपस्थित भएका थिए । गोर्खा वरियर्सको आयोजनामा चलचित्र लुट-२ बेलायतमा प्रदर्शन गर्न लागिएको हो । पत्रकारहरुसंगको कुराकानीमा चलचित्रले दर्शकहरुको मन जित्नुका साथै साफल हुनेमा आफूहरू आशावादिरहेको दयाहांग राइले बताए । विगतमाभन्दा अहिले नेपाली चलचित्र क्षेत्रमा निकै परिवर्तन आएको हुँदा नेपाली चलचित्रहरू पनि विश्व बजारतर्फ उन्मुख भइरहेको राईले बताए । चलचित्र लुट को सिक्वेल “लुट-२” भएको हुँदा त्यस्तै नजरले हेर्नको लागि दर्शकहरुलाई सिनेमा हर्न जानको लागि पनि राइले आग्रह गरेका छन् । त्यस्तै नायक सौगात मल्ल (हाकु काले)ले पनि “लुट-२” निकै स्तरीय फिल्म बनेको रचलचित्र लुटभन्दा लुट-२ले व्यवसायिक रुपमा बढी सफलता हासिल गर्ने धारणा व्यक्त गरेका थिए । यस चलचित्रको ‘ठमेल बजार’ बोलको गीतलाई युटुब मार्फत चलचित्र रिलिज हुनु अघि नै एक करोडभन्दा बढी दर्शकले हेरिसकेका छन् । सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, बिपिन कार्की, रामेश्वर चौरासिया, सिर्जना सुब्बा, एलिसा राई लगायतका कलाकारहरुको यो चलचित्रमा मुख्य भूमिका रहेको छ । आयोजकले दिएको जानकारी अनुसार यहीं फेब्रुअरी २५ तारिख शनिबारका दिन अल्डरसटस्थित प्रिन्सेस हलमा प्रिमिएर सो को आयोजना गरिएको छ भने लगतै बेलायतका विभिन्न स्थानहरुमा प्रदर्शनी गरिने तयारी भैसकेको छ । आज शुक्रबारबाट देशभरका एक सय हलबाट एकसाथ रिलिजमा आएको यो चलचित्रले धेरै रेकर्ड तोड्ने आशा गरिएको छ । यस चलचित्रले बक्स अफिसमा राम्रो पकड जमाउनेमा दर्शकदेखि वितरक समेत आशावादी देखिएका छन् । निश्चल बस्नेतले यसअघि ‘लुट, टलकजंग भर्सेज टुल्के’ लगायतका चलचित्र बनाएका थिए ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित