गोर्खा रेडियो, फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि हिन्दूहरूको एक प्रमुख चाड हो यसलाई भगवान शिवको प्रमुख पर्वको रुपमा मान्ने गरिन्छ । महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज नेपाल लगायत हिन्दू धर्मालम्बिरहेका हरेक ठाऊँमा मनाइँदैछ । सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएको मानिन्छ । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्री अथवा कालरात्री भनिन्छ ।
सुन्नको लागि तलको प्ले बटन क्लिक गर्नुहोला
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





