गोर्खा रेडियो, गायक शिव परियारको स्वरमा रहेको “अल्लारे मै हो बोलको” गीतको म्यूजिक भीडीयो आफ्नो जन्म दिनको अवसर पारेर केहि दिन अघि मात्र सार्वजनिक भएको छ । आफ्ना हरेक सृजनालाई नौलो ढंगले प्रस्तुत गर्ने गायक शिव परियारका गजलहरु पनि उत्तिकै लोकप्रिय छन् । यस गीतमा पनि अल्लारे जवानीमा गरिने मोजमस्तीमा आधारित रहेरका शब्दहरुलाई राजु थापा मगरले सिर्जना गरेका हुन् ।
पाकेर खा-को फल मीठो , काचैमा ला-को माया मीठो
मुटु साट्ने अल्लारे मै हो, डाँडा काट्ने अल्लारे मै हो।
अल्लारे जोवन अल्लारे बैँस ,गल्तीमा पनि माफ हुन्छ
बिचरा बैँस खेरमा गए , आफैलाई आफ्नो पाप हुन्छ
घुम्ने फिर्ने अल्लारे मै हो, मोज गर्ने अल्लारे मै हो।
गायक शिव परियारको लोकप्रिय एल्बम “शिवालय” मा रहेको यस गीतमा स्वर तथा संगीत शिव परियार स्वयंको रहेको छ । नरेन लिम्बुको निर्देशन तथा बिनय कंसाकारको सम्पादनले म्यूजिक भीडीयोलाई आकर्षक बनाएको छ भने ज्योत्सना योगी र रितेश गुरुंगले अभिनयले त्यसमा झन् जीवन्तता थपिदिएको छ । गायक शिव परियारलाई गोर्खा रेडियो यूकेको तर्फबाट पनि जन्म दिनको साथै सफल सांगीतिक यात्राका लागी पनि शुभकामना ब्यक्त गर्न चाहन्छौं ।
म्यूजिक भीडीयो हेर्नको लागि तलको भीडीयो प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।