गोर्खा रेडियो, गायक शुक्र लामा दोङको स्वरमा सजिएको “फसबूक मा” बोलको गीतको म्यूजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । गायक स्वयंको शब्द र संगीतमा नोर्बु शेर्पाको एरेन्ज रहेको उक्त गीतलाई रायन कार्कीले निर्देशन गरेका छन् । दिपक बिष्टद्वारा सम्पादन गरिएको यस म्यूजिक भीडीयोमा कर्मा, सविना र उरुशाले अभिनय गरेका छन् । दुइवटी युवतीको प्रेममा पर्दाको अवस्थामा आइपर्ने समस्यालाई गीतमार्फत व्यक्त गर्न खोजिएको भएपनि हिजोआज वास्तविक जीवनमा पनि धेरैले भोग्दै आएको हुनसक्छ ।
“फेसबुकमा चिनेको माइच्यांगले पोखरा भेट्नलाई आऊ भन्छ, ट्वीटरमा चिनेको माइच्यांगले धरानमा भेट्नलाई आऊ भन्छ के गरूँ साथी संगी हो पोखरा जाउँ कि धरान जाउँ”
म्यूजिक भीडियो हेर्नको लागि तलको भीडियो प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।