लन्डन, फस्ट एजुकेट नेपाल यूकेले आफ्नो दोस्रो प्रस्तुतिको रुपमा नेपाली नाटक “जिगिषा” जित्ने इच्छालाई बेलायतका विभिन्न स्थानहरुमा आउँदो मार्च महिनाबाट प्रस्तुत गर्ने भएको छ । गत शनिवारका दिन लण्डनको नर्थफिल्डस्थित काठमाण्डौ कुजिनमा भएको एक पत्रकार भेटघाटमा उक्त कुरा बताइएको थियो । यस अघि पनि सन् २०१५ को विनासकारी भूकम्पलाई आधार मानेर भूकम्प पीडित नेपाली जनताहरूको व्यथालाई नाटक ” समय दृश्य” मार्फत प्रस्तुत गर्न सफल भएको थियो । नाटक “जीगिषा”मा नेपालमा हुने गरेका र भइरहेका महिला र पुरुषबीचको भेदभाव र १० वर्षे जनायुद्धताका घटेका घटनालाई नाटकको माध्यमबाट प्रस्तुत गरिने लेखक तथा निर्देशक सनम कुमार बैरागले बताए ।
तेन्जी लामा पाख्रिन, दिल घले र भिजन संसार डट कमद्वारा निर्माण गरिएको सो नाटकमा साउण्ड प्रमोद र संगीत, लाइट्समा प्रभाव श्रेष्ठ, कम्प्युटरमा अभिमन्यू बैराग र स्टेजमा अमृत गुरुंगको भूमिका रहको पनि पत्रकार भेटघाटमा जानकारी गराइएको थियो । निर्माता टोलीका तेन्जी लामा पाख्रिनद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो । चलचित्र क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल नायक ध्रुब दत्त तथा नृत्य निर्देशक सुरेश श्रेष्ठ, मोडलको क्षेत्रमा समर्पित अनि नाटक समय दृश्यमा सफल अभिनय गरिसकेकी प्रसुना कंडेल, सन् २०१४ कि मिस टप फाइभ तथा मिस ट्यालेन्ट जित्न सफल शुस्मिता थापा, मोडल विकेश बस्नेत र मनिष श्रेष्ठ जस्ता कलाकारको मुख्य भूमिका रहेको र समय दृश्यमा जस्तो ठूलो टिम यस नाटकमा नरहेको निर्देशक सनम कुमार बैरागले बताएका छन् ।
निकै लामो समयको मिहिनेत, परिश्रम र लगनशीलता कारण नाटक जीगीषा जीवन्त बन्न सफल रहेको र यसले पनि दर्शकहरूको मन जित्न सफल हुने कुरामा आफू विश्वस्त रहेको पनि निर्देशक बैरागले बताएका छन् । बेलायतमा नाटकतर्फ आकर्षित हुनेको सख्या अत्यन्त न्यून रहेको र आफूले यस क्षेत्रमा सक्दो प्रयास गर्ने दावी पनि बैरागले गरेका छन् । नाटक हेर्नको लागि नेपाली कला संस्कृति र नेपाली नाटकलाई माया गर्नेहरुलाई मात्र बैरागले नाटक हेर्नको लागि आव्हान गरेका छन् । चलचित्र क्षेत्रमा निकै अनुभव बटुलिसकेका नायक ध्रुब दत्तले फिल्मको तुलनामा नाटकमा बढी मिहिनेत गर्नु पर्ने बताएका थिए ।
त्यस्तै गरी प्रसुन कंडेलले पनि सानैदेखि कलाप्रति आफ्नो चासो रहेको र नाटकको माध्यमबाट सामाजिक जनचेतना फैल्याउन पाउने अवसर पाएकोमा खुसी व्यक्त गर्दै सबैलाई नाटक हेरेर प्रतिक्रिया दिनको लागि अनुरोध गरेकीछन । पाउँदा आगामी मार्च ४ र ५ मार्चमा ह्यारो बरो फुटबल क्लब साउथ ह्यारो, ११ मार्चमा उलवीच ट्रामसेड थिएटर, १२ मार्चमा दि प्यालेस अल्डरसट र २७ मार्चमा एडिनब्राको एसेमब्ली रोक्सी थिएटरमा नाटक प्रदर्शन गरिने पक्का भएको छ ।
फोटोको लागि यहाँ क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।