अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको महाधिवेशन १९ मार्च हुने

लन्डन । बेलायतस्थित नयां शक्ति नेपाल निकट संगठन अन्तर्राष्ट्रिय नेपाली समाज यूकेले यही मार्च १९ मा हुने आफ्नो महाधिवेशनका लागि विशेष तयारी गरेको छ । नयां शक्ति नेपालको युरोप, यूके संयोजक भोला खनालको अध्यक्षतामा हालै भएको समाजको पूर्ण कार्यसमितिको अनलाइन बैठकले बेलायतमा हुन गइरहेको आगामी महाधिवेशन तयारी सम्वन्धमा छलफल गरि विशेष कार्यभार सहित निर्वाचन समितिहरु पनि घोषणा गरेको छ । महाधिवेसन विशेष समितिको बैठकमा संयोजक भोला खनाल लगायत अन्तर्राष्ट्रिय नेपाली समाजका सुरोज मास्के, थम बहादुर बिश्वकर्मा, पाण्डव महतो, कर्म पहाडी, हेम गुरुङ, शकुन गुरुङ, गोपाल अधिकारी, राजु कंडेल, रुद्र ढकाल (हलोवाला), पुष्प उप्रेती, बिरेन्द्र श्रेष्ठ, रुद्र श्रेष्ठ, सुमित्रा राई, होमनाथ पौडेल, जगन कार्की, डा. भरत सिम्खडासहित विभिन्न पदाधिकारीहरु तथा नयां नेपाल निर्माणका लागि निरन्तर लागिपरेका युवाहरुको सहभागिता थियो । बैठकले आगामी मार्च १९ मा हुने उक्त ऐतिहासिक अधिबेशनका लागि कर्मा पहाडी शेर्पा, धन गुरुङ, सुमित्रा राई, हेम गुरुङ, तार्बिन पोख्रेल समेतको ५ सदस्यीय विशेष केन्द्रीय व्यवस्थापन समितिको चयन गरेको छ । त्यस्तै, विधान सम्बन्धि निर्णयमा निर्वाचनका पदहरु तथा विधि पनि केन्द्रीय समितिले तोके अनुसार हुने र सोही अनुरुप अधिवेशनकै दिन विधान पारित गरी महाधिवेसन सम्पन्न गरिने समाजले जनाएको छ । बैठकले डा. भरत सिम्खडाको संयोजकत्वमा हाल ३ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ । बैठकले निर्वाचन समितिका लागि बांकी दुई पदमा ढक बहादुर गुरुङ र थम बिकलाई सिफारिस गरेको छ ।
त्यस्तै बैठकले अधिबेशनमा लाग्ने सम्पूर्ण खर्चका लागि आर्थिक समिति पनि चयन गरेको छ । उक्त बैठकले सुरोज मास्के, राजु कंडेल, सकुन गुरुङ, कृष्ण गैरे र चन्द्र गुरुङलाई आर्थिक व्यवस्थापनको जिम्मेवारी दिएको हो । जन सम्पर्क तथा महाधिवेसन प्रचार प्रसार समितिमा बिरेन्द्र श्रेष्ठको 
संयोजकत्वमा रुद्र ढकाल (हलोवाला) र होमनाथ पौडेललाई जिम्मेवारी सुम्पिइएको छ । निर्वाचन सम्बन्धि छलफलपछि निर्वाचन समितिले १२ मार्चसम्म सदस्यता शुल्क तिरेका सदस्यहरुले निर्वाचनमा भाग लिन र भोट दिन पाउने, १३ मार्चमा अन्तिम मतदाता नामावली प्रकाशन गरी सक्नुपर्ने, १४ मार्चमा दावी विरोध गर्न पाइने र १५ मार्चमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने जनाएको छ । त्यसै गरी अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको महाधिवेशन सम्बन्धि थप छलफल तथा निर्णयहरु अर्को बैठकमा टुंगो लगाइने समाजका महासचिव जगन कार्की जानकारी दिए । समाजको अर्को बैठक आगामी फेब्रुअरी २६ तारिख, २०१७ बेलुकी ४ देखि ६ बजेसम्म हुने भएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित