एनआरएनए विश्व सम्मेलन १४ अक्टोवर देखी काठमाण्डौंमा हुने

लण्डन । गैरआवासीय नेपाली संघको ८ औं महाअधिवेशन तथा विश्वसम्मेलन आगामी अक्टोवरमा हुने भएको छ । गैरआवासीय नेपाली संघको आइतवार सम्पन्न पदाधिकारी बैठक सो सम्मेलन अक्टोवर १४ देखी १७ सम्म काठमाण्डौंमा गर्ने निर्णय गरेको हो ।
संघको महासचिव डा. बद्री केसीका अनुसार पदाधिकारी बैठकको प्रस्तावलाई एनआरएनए अन्तराष्ट्रिय परिषदको बैठकले अन्तिम टुंग्यो लगाउने छ । बैठकले आगामी मार्च १ तारिख अन्तराष्ट्रिष्य महिला दिवसको अवसर पारेर काठमाण्डौंमा एक कार्यक्रमको आयोजान गर्ने निर्णय गरेको छ । यस्तै गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिको अधिवेशन आगामी अप्रील १५ देखी सेप्टेम्वर १५ तारिख भित्र सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको छ । आगामी ८ औं सम्मेलनले एनआरएनको नयाँ नेतृत्व चयन गर्नेछ । एनआरएनमा हरेक दुई वर्षमा नयाँ नेतृत्व चयन हुन्छ । अक्टोवर महिनामै एनआरएनले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ । अक्टोवर ११ तारिखलाई एनआरएन डे घोषणा पनि गरिएको छ । पदाधिकारी बैठकमा संघका अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त, महासचिब डा. बद्री पाण्डे, कोषाध्यक्ष हितमान थापा, प्रवक्ता रन्जु थापा, यूरोप संयोजक कुल आचार्य, अष्ट्रेलिया संयोजक महेन्द्र लम्साल लगायतको उपस्थिती थियो । बैठकले गैरआवासीय नेपाली संघको यूरोप सम्मेलन २९ जुलाईबाट जर्मनीमा गर्ने प्रस्तावलाई समेत अनुमोदन गरेको छ । पदाधिकारी बैठकले तर्जुमा गरेको अजेन्डालाई एनआरएनए केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने प्रचलन छ । नेपाल ब्रिटेन

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित