माया-प्रेम अनि असल सम्बन्धको सेरोफेरोमा ‘भ्यालेन्टाइन डे’

– राम ढुंगाना ‘अल्पमत’
परिबर्तन समयको माग हो, समय अनुसार हरेक चिजमा परिबर्तन हुदै जाने मानिसमा चाहना हुन्छ।यो प्रकृतिको नियम हो ।अनि परिबर्तन बाध्यता पनि हो । ढुंगे युगदेखी आजको आधुनिक युगसम्म आईपुग्नुमा मानिसले परिबर्तन आत्मसात गर्दै जानुले मुख्य भुमिका खेलेको छ ।त्यो बेलादेखि आजसम्म परिबर्तन रहन-सहनमा भयो, भेषभुषा,बोलीचाली अनि मायाप्रेम लगायत सम्पुर्ण कुरामा भयो ।
यो आलेख फेब्रुअरी-१४ अर्थात ‘भ्यालेन्टाइन डे'(प्रणय दिवस) को सेरोफेरोमा लेखिएको हुँदा मायाप्रेम र सम्बन्ध सुधारका कुराहरुमा चर्चा गरौं
फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ ग्लोबल फेस्टिबलको रुपमा बिकसित भईरहेको छ। यो दिन बिशेष गरेर माया गर्नेहरुको लागी हो ।प्रेमिल मनहरुको दिन हो।
‘भ्यालेनाइन डे’ कसरी शुरु भयो त ?
१४ फेब्रुअरी विश्वभर मनाइने दिवस हो । यसलाई प्रेम दिवस पनि भनिन्छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाको अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।

सुन्न र हेर्नको लागि तलको भीडीयो प्ले गर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित