भ्यालेन्टाइन डे को अवसर पारेर हिजोआज थुप्रै म्यूजिक भीडीयोहरू सार्वजनिक हुनेगरेका छन् । भ्यालेन्टाइन डे माया प्रेम्संगा सम्बन्धित भएकोले विशेष गरी माया प्रेमका गीतहरूलाई यसै अवसर पारेर सार्वजनिक गर्ने सबैको उद्देश्य रहेको हुन्छ । त्यस्तै गरी सार्थक डिजिटल म्यूजिक प्रा. लि.ले पनि भर्खरै अमिर तामांग (ईफास) को ” दाग लागेको चोट” बोलको लोक दोहोरी गीतको म्यूजिक भीडियो सार्वजनिक गरेको छ । जनक लामा र अर्चना स्याङ्तान को स्वरमा रहेको यस गीतमा सुजन तामांगको लय रहेको छ । आशा खड्का, रामचन्द्र बोहरा र संगम तामांगको अभिनय रहेको यस गीतको म्यूजिक भीडीयोमा खमेष श्रेष्ठको निर्देशन, शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा सागर गौतमको छायांकन रहेको छ ।
म्यूजिक भीडियो हेर्नको लागि तलको भीडियो प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।