लन्डन, माया प्रेमको महत्वपूर्ण पर्वको रुपमा संसारमै प्रचलित भ्यालेन्टाइन डेको अवसर पारेर अन्जु पन्तको स्वरमा माया र प्रेमको भावानाका शब्दहरुले सजिएको “जीन्दगीको प्राप्ति तिमी तिमी नै मेरो जित, सफल हुन्छ जीवन मेरो केवल केवल तिमीसित” बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै आएका नृपेश उप्रेतीको एल्बम “आहान अर्को खुशी” अन्तरगत समावेश गरिएको यस गीतलाई अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका हुन् । यस गीतको म्यूजिक भीडीयोलाई बेलायतमा छायांकन गरिएको हो । पछिल्लो समयमा बेलायतमा निकै लोकप्रिय बन्दै गएका संचारकर्मी समेत रहेका कुशल श्रेष्ठको निर्देशन तथा सम्पादन रहेको यस भीडीयोमा बेलायतको रमणीय स्थानको अवलोकन गर्नुका विकेश र अनुको अभिनय हेर्न पाइनेछ । के के मुभीज प्रोडक्सनको पोष्ट प्रोडक्सन रहेको यस मयूजिक भीडीयोमा सह निर्देशक बिष्णु श्रेष्ठ रहेका छन् भने क्यामेरामा कृष्ण सुवेदीको भूमिका रहेको छ ।
म्यूजिक भीडीयो हेर्नको लागि तलको भीडीयो प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।