खुट्टाको नशा फुल्ने समस्या- अडियो सहित

सुन्नको लागि प्ले गर्नुहोला

– डा. रोविनमान कर्मचार्य
खुट्टामा सञ्चालन भएको रगतलाई मुटुतर्फ फर्काउन दुई किसिमका रगतनली (धमनी) हुने गर्छन्। मांसपेशीको वरिपरिरहने ठुलो धमनीलाई भित्री धमनी भन्ने गरिन्छ। छालामुनिरहने सानो घमनीलाई बाहिरी घमनी भनिन्छ। सबै बाहिरी धमनी अन्त्यमा भित्री धमनीसँग मिल्छन्। सो मिलन हुने स्थनमा भल्भ हुने भएकाले रगत बाहिरबाट भित्र गरी एकतर्फी मात्र बग्दछ। यदि सो भल्भ कुनै कारणवश खराब हुन गएमा बिस्तारै बाहिरी नशा फुल्छ जसलाई भेरिकोज भेन भनिन्छ।

यसका कारणहरू-

(१) लामो समयसम्म उभिनुपर्ने पेसाका कारण (जस्तैः कृषक, शिक्षक, प्रहरी आदि)
(२) मोटोपन
(३) गर्भावस्था
(४) वंशाणुगत
(५) कब्जियत आदि।

भेरिकोज भेनका लक्षण

(१) खुट्टाका नशा फुल्दै जानु
(२) उभिँदा दुख्ने र खुट्टा गल्ने हुनु
(३) खुट्टाको छालाको रङमा परिवर्तन आउनु
(४) खुट्टाको छालामा घाउ देखा पर्नु
(५) खुट्टामा चोट लाग्दा धेरै रक्तस्राव हुनु।
यस्तो छ उपचार विधि
सुरुको अवस्थामा ब्यान्डेज लगाएर तथा औषधी सेवनले केही फाइदा भए पनि पूर्ण निर्मूल गर्न शल्यक्रियाकै आवश्यकता पर्छ। पहिलेको जस्तो धेरै चिरेर, नशा नै निकालेर गरिने शल्यक्रियाभन्दा थोरै चिरेर गरिने आधुनिक शल्यक्रियाबाट बिरामीलाई छिटो निको बनाउन सकिन्छ। शल्यक्रिया गर्दा पनि दुखाइ थोरै हुने भएकाले यो नयाँ प्रविधि विश्वमाझ लोकप्रिय हुँदै छ।
रेडियो फ्रिक्वेन्सी एबलेसन के हो?

भेरिकोज भेनको शल्यक्रियामा प्रयोग गरिने आधुनिक पद्दति हो, रेडियो फ्रिक्वेन्सी एबलेसन। यसमा बाहिरी नशाभित्र मसिनो तार जस्तो औजार छिराएर त्यसबाट रेडियो फ्रिक्वेन्सी वेभको सहायताले खराब नशाको भित्री भाग जलाइन्छ। यस पद्दतिबाट खराब नशालाई पूर्ण रुपमा बन्ध गरेर भेरिकोज भेनलाई निर्मूल गरिन्छ।स्वास्थ्य खबरपत्रिकामा खबर छ ।
रेडियो फ्रिक्वेन्सी एबलेसनका फाइदाः
शल्यक्रियाको भोलिपल्ट नै राम्ररी हिँड्न सकिन्छ । शल्यक्रियामा कम रक्तस्राव हुन्छ। दुखाइ कम हुन्छ ।आफ्नो काममा छिटो फर्कन सकिन्छ। छालामा सानो घाउ/दाग मात्र रहन्छ।

भेरिकोज भेनको शल्यक्रिया गरेका बिरामीले के–के गर्ने ?

(१) शल्यक्रियाको एक सातासम्म चिकित्सकको सुझाव अनुसार खुट्टामा ब्यान्डेज लगाउने
(२) खुट्टामुनि १ – २ वटा सिरानी राखी खुट्टा उचाल्ने
(३) खुट्टाको हलुका कसरत गर्ने
(४) कम्तीमा दुई हप्तासम्म भारी सामान नउचाल्ने
(५) सिँढी तलमाथि धेरै नगर्ने।
साभार-स्वास्थ्य खबर डट कम

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित