लन्डन, विभिन्न किसिमका सांगीतिक कार्यक्रमहरूद्वारा रमाइरहेका बेलायतवासी नेपालीहरूमाझ वास्तविक जीवानमा आधारित यथार्थपरक नेपाली परिवेशमा आधारित समसामयिक घटनाक्रमलाई मध्यनजर गर्दै फर्ष्ट एजुकेट नेपाल यूकेले आफ्नो दोस्रो प्रस्तुति नाटक “जिगिषा”लाई बेलायतका विभिन्न स्थानहरुमा चाडै प्रदर्शन गर्ने भएको छ । यस अघि पनि सन् २०१५ को विनासकारी भूकम्पलाई आधार मानेर भूकम्प पीडित नेपाली जनताहरूको व्यथालाई नाटक ” समय दृश्य” मार्फत प्रस्तुत गर्न सफल भएको थियो । नाटककार सनम कुमार बैरागको लेखन तथा निर्देशन रहेको नाटक “जीगिषा”मा नेपालमा हुने गरेका र भइरहेका माहिला र पुरुषबीचको भेदभाव र जनायुद्धताका घटेका घटनालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ | नेपालदेखि नै सानै उमेरबाट नाटकमा अभिरुची राख्दै आएका निर्देशक बैराग एक शसक्त लेखक तथा कलाकार हुन् ।
नाटक जीगिषामा चलचित्र क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल नायक ध्रुब दत्त तथा नृत्य निर्देशक सुरेश श्रेष्ठ लगायत बेलायतमा बसेर मोडलको क्षेत्रमा समर्पित अनि नाटक समय दृश्यमा सफल अभिनय गरिसकेकी प्रसुना कंडेल, सन् २०१४ कि मिस टप फाइभ तथा मिस ट्यालेन्ट जित्न सफल शुस्मिता थापाको मुख्य भूमिका रहेको निर्देशक सनम कुमार बैरागले बताएका छन् । निकै लामी समयको मिहिनेत, परिश्रम र लगनशीलता कारण नाटक जीगीषा जीवन्त बन्न सफल रहेको र यसले पनि दर्शकहरूको मन जित्न सफल हुने कुरामा आफू विश्वस्त रहेको पनि निर्देशक बैरागले बताएका छन् । नाटकको बारेमा विस्तृत जानकारी गराउने उद्देश्यले यही फेब्रुअरी १८ तारिखका शनिवारका दिन एक पत्रकार भेटघाटको आयोजना गरिएको छ । लन्डनस्थित नर्थफिल्ड एभन्यूमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म गरिने उक्त पत्रकार भेटघाटमा सम्पूर्ण पत्रकारहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
कार्यक्रम हुने स्थान:- 86 Northfield Avenue, London. W13 9RR
समय:- 12:00pm -4:00pm
सम्पर्क-जीवन के गाँउले-07477148730, सनम कुमार बैराग -07445 871375
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





