वि.स. २०४२ सालमा स्याङ्जा जिल्लाको मालुंगा भन्ने गाउँमा जन्मेर हुर्केकी र निकै लामो संघर्ष र कडा परिश्रमका बाबजुद लोक दोहोरीको क्षेत्रमा स्थापित भएकी गायिका कला पंगेनीले गीत संगीतको क्षेत्रमा लागिपर्ने क्रममा थुप्रै खालका तीता मीठा अनुभवहरू बटुलिसकेकी छन् । स्कुलमा पढ्दादेखि नै स्टेजमा गीत गाउन थालेकी कलाले प्रथम भएर पुरस्कार हात पार्दा पनि उक्त पुरस्कारलाई घरमा लगेर गौरव गर्नुको सट्टा हत्त न पत्त कसैले देख्छ कि भनेर लुकाउनुपर्ने बाध्यता भएको बताउछिन । उनको खुबीका कारण स्कुलका सिक्षकहरूबाट प्रशस्त प्रेरणा र हौसला पाएपनि तेसबेलाको अवस्थामा महिलाले खुलेर नाच्ने गाउने गरेको खण्डमा समाजले हेर्ने दृष्टिकोण नै आलग हुन्थ्यो । यति हुँदा हुँदै पनि उनको लगनशीलता, श्रीमान दुर्गा पंगेनीको सहयोग सुमधुर स्वर र दर्शक र स्रोताहरूको मायाका कारण उनले आफ्नो गायन पेशालाई घर परिवारको साथमा निरन्तर अघि बढाइरहेकी छन् । सांगीतिक यात्राको क्रममा नेपालमा हुने विभिन्न महोत्सव र कार्यक्रममा सहभागी हुनको लागि पनि राम्रोभन्दा हाम्रोलाई बढी स्थान दिने गरेको प्रसंगमा यदि आफू सक्षम भएको खण्डमा खासै कसैको सिफारिस र सोर्स र फोर्सको जरुरत नपर्ने उनको धारणा छ । एनटभी प्लसको “झंकार संगीत संवाद” कार्यक्रममा कार्यक्रम प्रस्तोता सुवास रेग्मिसंगको एक कुराकानीमा उनले उक्त कुरा बताएकी छन् । कुराकानीको विस्तृत जानकारीको लागि तलको भीडियो हेर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।