नेपालमा गएको महाभूकम्प पछि पीडितहरूको बस्ती निर्माणको लागि विभिन्न संघ संस्था तथा व्यक्तिहरू लागिपरेका छन् । त्यस्तै गरी गोर्खा जिल्लाको लाप्राकमा शुरु भएको भूकम्प पीडितको लागि तयार गर्न लागिएको नमूना वस्तीले पनि तीव्र रुप लिएको छ । उक्त वस्ती निर्माणको लागि गैर आवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष्य भवन भट्ट तथा तथा एनआरएनए अध्यक्ष्य पनि अहिले निर्माणस्थलमा जोडतोडकासाथ निर्माण कार्यमा सहभागी भएका छन् ।
केही समय अघि प्रधानमन्त्री पुष्प कमल दाहालले उद्घाटन गरेको गैर आवासीय नेपाली संघको ड्रिम प्रोजेक्टका रुपमा रहेको उक्त नमूना वस्तीमा ६१२ वटा घरसहित नमूना वस्तीको निर्माण कार्य शुरु भैसकेको छ ।जापानमा रहेका नेपालीहरूमध्ये एक सफल व्यवसायीको रुपमा परिचित भट्टले यस प्रोजेक्टमा सहभागी हुन पाएकोमा आफूलाई गौरव लागेको बताएका छन् । गोर्खा जिल्लामा सैक्षिक विकास र प्रवर्धनमा सहयोग पुर्याउने उद्द्यश्यले स्थापित बीबी ट्रष्टले सामाजिक सेवामा निकै सहायो पुर्याउदै आएको छ । भर्खरै मात्र उक्त ट्रष्टले सातौँ यदु भट्ट विद्या पुरस्कार प्रदान गरेको थियो । ४५ लाखको उक्त बीबी ट्रष्टको अक्षय कोषलाई बढाएर ५० लाख पुर्याउने भट्टले जानकारी दिएका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।