लन्डन,गत डिसेम्बर ४ तारिख आइतवारका दिन वरिष्ठ समाजसेवी इन्दिरा रानामगरको उपस्थितिमा लन्डनस्थित फेल्थम कम्युनिटी कलेजमा हिलिंडन गोर्खा नेप्लिज कम्युनिटी र हिलिंडन गोर्खा नेप्लिज कम्युनिटी यूथ तथा नेपाल आदिवासी जनजाती महिला महासंघ यूकेले संयुक्त रुपमा एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको थियो । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम गरेको उक्त कार्यक्रमबाट उठेको रकम अन्जु गुरुङ मार्फत नेपालका बन्दीको मानव अधिकार संरक्षण र बन्दीका बालबच्चाको हेरचाहमा कार्यरत एक संस्था प्रिजनर्स असिस्टेन्स नेपालकी अध्यक्ष्य इन्दिरा राणा मगरलाई ५ लाख ६२ हजार एक सय बीस रुपैयाँ हस्तान्तरण गरिएको छ । इन्दिरा राणाले आफ्नो जीवनको करिब दुई दशकभन्दा लामो समय यस क्षेत्रमा बिताइसकेकी भने हालसम्म जेलबाट एक हजारभन्दा बढी बालबालिकाहरूको उद्धार गरिसकेकी छन् । नेपालमा भएका बन्दी तथा कैदीहरु र तिनका बालबच्चाहरुमाथि भइरहेको मानव अधिकारको हनन र तिनीहरुलाई पालन पोषण शिक्ष्या स्वास्थ्य लगायतका विभन्न क्षेत्रमा सहयोग पुर्याउदै तथा आवाज उठाउँदै आएकी इन्दिरा रानामगर अन्तर्राष्ट्रिय स्तरको वल्ड चिल्ड्रन प्राईज अनरेरी अवार्डबाट समेत सम्मानित भैसकेकी छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।