तेरिया मगरलाई “झलक दिखला जा” को उपाधि

नेपालको रुपन्देही जिल्लाको रुद्रपुर निवासी १४ वर्षीय तेरिया फौजा मगर भारतीय सिनियर डान्स स्टारबीचको प्रतिस्पर्धामा उपाधी हात पार्न सफल भएकी छन् । एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनि ट्रफीको हकदार बनेकी हुन् । भारतीय टेलिभिजन कलर्सको “झलक दिख्ला जा” भन्ने रियालिटी शोमा उनले विजय प्राप्त गरेकी हुन् । फाइनलका तीनजना मध्य तेरिया नै अगाडी थिइन्, गत शनिवारको एपिसोडमा उनले ४० मा ४० नै अंक प्राप्त गरेकी थिइन् । “झलक दिख्ला जा” भारतीय टिभी शोमा अत्यधिक पुरस्कार राशि भएको कार्यक्रम हो । उक्त शोबाट विजय प्राप्त गरेपछी तेरिया फौजा मगरले ३० लाख भारतीय रुपैयाँ र रोनाल्ड डस्टर ब्रान्डको कार पनि पाउने छिन । उनलाई आधिकारिक विजयको घोषणा भने भोलि शनिबार मात्र हुने छ । सन् २०१४ मा जी टिभीको “डिआइडी” मा उनले ४० हजार प्रतिश्पर्धि हरुलाई पछी पर्न सफल भएकै आधारमा यसपटकको प्रतिश्पर्धामा पनि उनले प्रवेश पाएकी हुन् । उनको विजयको लागि देश विदेशका सम्पूर्ण नेपालीहरुले महत्वपूर्ण भूमिका निभाएका थिए । उनको यो विजयले नेपाल र नेपालीको नाम अझ उच्चो बन्न पुगेको छ । फोटो-गोर्खा रेडियो

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित