लन्डन, सामाजिक संजालहरुको बढ्दो प्रभावका कारण हिजोआज सेल्फीले निकै चर्चा पाउँदै आइरहेकोछ । मानिस सामाजिक प्राणी हो र समाजमा नै बस्न रुचाउँछ भने उसले समाजको अगाडि आफूलाई सर्वश्रेष्ठ बनाउन पनि उत्तिकै प्रयास गरिराखेको हुन्छ । आफूलाई सुन्दर बनाउन र राम्रो देखाउन हिजोआज महिला मात्र होइन, पुरुष पनि त्यत्तिकै लागिपरेका हुन्छन् । यसै क्रममा हिजोआजको बढ्दो सामाजिक संजालहरु प्रतिको मोहका करण मानिसहरु आफ्ना हरेक क्रियाकलापहरुलाई सार्वजनिक गर्न बानी परिसकेका छन् । कुनै एउटा राम्रो कपडा किन्यो भने, एउटा नौलो खाना खायो भने या कुनै नौलो ठाउँमा पुग्यो भने हत्त न पत्त फोटो खिचेर सार्वजनिक गर्ने अर्थात् अरुलाई देखाउने प्रतिस्पर्धा भनौं, अथवा फेशन नै बनिसकेकोछ । भर्खरै गरिएको अनुसन्धान अनुसार धेरै सेल्फी खिच्नेलाई ‘सेल्फी इल्बो’ को खतरा बढेको विज्ञले बताएका छन् । धेरै सेल्फी लिनेहरू कुहिनोको पीडा हुने अमेरिकास्थित शल्यक्रिया शाखाका डा.जोर्डन मेट्जले बताएका छन् । यो समस्या १० देखि ५० वर्ष उमेरकालाई देखिएको छ । तेस्तै गरि सेल्फीका केहि फाइदाहरु पनि अनुसन्धानद्वारा पता लागेका छन् । जसले सेल्फी फोटोहरु खिच्ने गर्दछ, उनीहरुको आत्मविश्वास बढ्न सक्ने एक अनुसन्धानले पत्ता लगाएकोछ । हालै ब्रिटेनमा एक अनुसन्धान गरिएको थियो जसमा १८ देखि २४ वर्ष सम्मका उमेर भएका लगभग २,००० जना सहभागी रहेका थिए । उक्त अनुसन्धानले प्राप्त गरेको जानकारीअनुसार सेल्फी खिच्ने महिला वा पुरुषहरुले आफ्नो मुस्कानलाई नै बढी आकर्षक मान्ने गरेको पाइएको थियो । साथै यसरी सेल्फी खिच्न रुचाउनेहरुको आत्मविश्वासमा समेत बृद्दी हुने बताएको छ र सोधकर्ता स्टीवन टेलरका अनुसार त्यस्ता व्यक्तिले सामाजिक संजालहरुमा आफ्नो सेल्फी फोटोहरु राख्ने गर्दछ, जसलाई आफ्नो व्यक्तित्व र सौन्दर्यताप्रति पूर्ण रुपमा आत्मविश्वास हुने गर्दछ । यसै कारणले गर्दा धेरै मानिसहरु आफ्नो सेल्फी फोटोहरु हाल्न रुचाउने गर्दछन् । उमेरको हिसाबमा हेर्ने हो भने विशेषगरी २९ बर्ष उमेर समूहका मानिसहरुले आफ्नो शरीरलाई बढी माया गर्ने र ख्याल राख्ने गरेको प्रमाणित भनेकोछ । यदि कसैले कुनै कुरा अरुलाई देखाउन खोज्दछ भने पक्कै पनि त्यो कुराप्रति उसले गौरव गरेको हुन्छ । तसर्थ कसैले सेल्फी फोटोहरु राख्नुको कारण हो, उसलाई आफूप्रति आत्मविश्वास हुनु अर्थात् आफूलाई सार्वजनिक हुनको लागि योग्य ठान्नु । तसर्थ यदि तपाईंहरु पनि सेल्फी पोस्टमा माहिर हुनुहुन्छ भने सम्झनुस कि तपाइंलाई आफ्नो सौन्दर्यताप्रति पूर्ण रुपमा आत्मविश्वास हुनुहुन्छ र उक्त कुरालाई अरु समक्ष शेयर गर्न चाहनुहुन्छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।