लन्डन, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का समरक्षक जीवा लामिछानेद्वारा लेखिएको उनको पहिलो कृति नियात्रा संग्रह ”सरसर्ती संसार” को विमोचनको शिलसिलामा लामिछाने लन्डन आइपुगेका छन् । लामिछाने शुक्रवार दिउँसो हितथ्रो विमानस्थलमा उत्रिदा लामिछानेको स्वागतका लागि नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीबी ढकाल, गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्य गैरआवासीय नेपाली संघका सल्लाहाकार विश्वआर्दश पण्डित लगायतको टोलीले स्वागत गरेको थियो । आउँदो जनवरी ८ तारिखका दिन इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा बिहान १२ बजे देखी हुने उक्त लोकार्पण समारोहमा प्रमुख अतिथि राजदूत डा दुर्गाबहादुर सुवेदीसहित बेलायतका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, सञ्चारकर्मी लगायत उपस्थित हुने बताएको छ । सो कार्यक्रमको संयोजन बेलायतबाट संचालिन अनलाइन समाचार प्रोटल नेपालब्रिटेन डट कमले गर्ने भएको छ । उक्त दिन नियात्राकार लामिछानेले पाठकहरुको जिज्ञासाको समेत जवाफ दिने छन । उक्त पुस्तक नेपाल, मस्को तथा तान्जानिया लगायतका स्थानहरूमा यस अघि नै विमोचन भैसकेको छ । संसारका झन्डै आधा जसो मुलुकहरको भ्रमण गरिसकेका जीवा लामीछानेले आफ्ना भ्रमणका शिलशिलामा भएका अधिकांश आरोह र अवरोहलाई समेटेर जीवनोपयोगी नियात्रा संग्रह “सरसर्ती संसार” नामक उक्त पुस्तक प्रकाशन गरेका हुन ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।